२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

भावी श्रीमती खोज्न च्याटजीपीटीको प्रयोग !

२०८०, २३ माघ मंगलवार ०६:००

माघ २३, काठमाडौँ | गत वर्षको नोभेम्बरमा इन्टरनेटमा आगमन भएसँगै च्याटजीपीटीले निकै चर्चा पाईरहेको छ। यो जेनेरेटिभ एआई टूल डकुमेन्टहरू लेख्न, गृहकार्य गर्न र विद्यार्थीलाई मद्दत चाहिने ठाउँमा मद्दत गर्नमा राम्रो छ। 

तर रुसमा एक जना युवकले भावी श्रीमती खोज्न च्याटजीपीटीको प्रयोग गरेका छन् । ५ हजार २३९ जना युवतीका डेटिङ प्रोफाइल चेक गरेर आफूलाई सुहाउँदो श्रीमती खोज्न ती पुरुषले च्याटजीपीटीलाई तालिम दिएका थिए । अलेक्जान्डर झादन नामक गरेका ती युवक यस अघि पनि रुसी इन्टरनेटमा भाइरल बनेका थिए । उनले २३ घण्टामै च्याटजीपीटीको सहाराले आफ्नो पूरा थेसिस लेखेर भ्याएका थिए ।

केही दिन अघि उनी फेरि पनि समाचारका हेडलाइनमा छाए । यस पटक भने उनी अनलाइन डेटिङ साइटमा रहेका हजारौँ प्रोफाइल चेक गर्न र उपर्युक्त पार्टनरबारे सुझावका लागि एआईटूलको प्रयोग गरेको खबरका कारण भाइरल बने । अलेक्जान्डरको यो कथा एक्समा कयौँ पोस्टहरूमा आएपछि माया खोज्नकै लागि एआईको प्रयोग गर्नुको नैतिकताबारे सामाजिक सञ्जालमा बहस छेडिएको छ । आफ्नो कथाले अरूले अनलाइन डेटिङलाई कसरी लिइरहेका छन् भन्ने कुरामा परिवर्तन आउन सक्ने उनी बताउँछन् ।


च्याटजीपीटीका आफ्नै सीमाहरू भएकोले डेटमा आफू व्यक्तिगत रूपमै संलग्न हुन जरुरी भएको उनको भनाइ थियो । आफूलाई सुहाउँदो यवती खोज्न डेटिङ एपमा दायाँबायाँ खोज्यो । कुराकानी सुरु गर्‍यो । तर केही पछि ती युवती बेपत्ता भइदिन्छिन् । यसरी समय नष्ट गर्नु भन्दा एआईले अनलाइन डेटिङ झनै राम्रो बनाउन सक्छ कि भन्ने विचार मनमा आएपछि अलेक्जान्डरले च्याटजीपीटीको साहारा लिए । शुरुमा उनले च्याटजीपीटीको सहाराले ५ हजार २३९ जना युवतीमध्येबाट प्रोफाइल फोटो, राशि, धर्मसम्बन्धी रुचि, युद्धसम्बन्धी अभिव्यक्ति आदिका आधारमा आफूलाई मन नपर्न सक्ने युवतीहरू छाने । त्यसपछि कठिन काम आयो – सम्भावित युवतीहरुमध्येबाट आफ्नो तर्फबाट च्याटजीपीटीलाई कुरा गर्न लगाउनु ।

आफूलाई चित्त बुझ्दो स्तरमा च्याटजीपीटीलाई प्रयोग गराउन उनलाई १२० घण्टा लाग्यो । यसका लागि उनले आफूले यस अघि युवतीहरूसँग गरेको कुराकानी र सोको उत्तरका आधारमा टूललाई तालिम दिए । तर पनि उनले चाहेजस्तो नतिजा आएन । एक पल्ट च्याटजीपीटीले अलेक्जान्डरलाई सूचित नगरी एक युवतीसँग डेट तय गरिदियो । अर्को पटक टूलले डेटिङ स्थान मस्कोको बित्सा पार्कमा राख्यो । यो त्यही पार्क थियो जहाँ सन् २००० को दशकमा एक कुख्यात सिरियल किलरले पीडितहरूको शव फ्याँक्थ्यो ।

केही असफलतापछि अन्ततः अलेक्जान्डरले दिएको डेटाका आधारमा च्याटजीपीटीले १२ जना युवती खोजिदियो । यिनै मध्ये एक उनको भावी पत्नी करिना थिइन् । फाइनल लिस्टमा परेका १२ जनामध्ये अलेक्जान्डरलाई करिना मन पर्‍यो । उनीसँग कसरी कुराकानी गर्ने, के के कुरा गर्ने अनि विवाहको प्रस्ताव अस्वीकार नहुने गरी कसरी प्रपोज गर्ने भन्ने सबै कुरा च्याटजीपीटीले नै सिकाएको हो ।

हरेकसँग च्याटजीपीटीले गरेको कुराकानी हेरेर सम्बन्धलाई अगाडि बढाउने कि नबढाउने भन्नेबारे उनले निर्णय गर्थे । करिनाले अहिलेसम्म च्याटजीपीटीको प्रयोगबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । तर उनले एक वर्ष अगाडि नै च्याटजीपीटी प्रयोग गरेको उनलाई बताएका थिए । १२० घण्टा समय र १ हजार ४३२ डलर खर्च गरेपछि च्याटजीपीटीले आफ्नो निकै समय र पैसा बचाएको अलेक्जान्डर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी