२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

एलन मस्कले ‘ब्रेन चिप’ हालेका बिरामी भए निको, माउस सारेर मष्तिष्क चलाउन सक्षम

२०८०, १० फाल्गुन बिहीबार ०६:२१

फागुन १०, न्युयोर्क | न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएका छन् । 

न्यूरालिंकका संस्थापक एलन मस्कका अनुसार न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएको छ ।

साथै, ती बिरामीले  आफ्नो दिमाग प्रयोग गरेर कम्प्युटर माउस नियन्त्रण गर्न थालेको छ । 


मस्क आफैले यो अपडेट संसार सामु साझा गरेका हुन । केही महिनाअघि न्यूरालिङ्कले मस्तिष्कमा  ‘चिप’ प्रत्यारोपण गर्न सक्ने व्यक्तिहरूबाट आवेदन लिन थाले पछि पहिलो पटक मानव मष्तिष्कमा चिप प्रत्यारोपण गरिएको थियो । 

न्युरोलिंकका अनुसार हजारौं आवेदनहरूबाट सर्टलिस्ट गरेपछि कम्पनीले आफ्नो पहिलो मानव मस्तिष्क प्रत्यारोपण गरेको थियो जसका लागि कम्पनीले यस कामका लागि एफडीएबाट स्वीकृति लिएको थियो।

समाचार अनुसार मस्कले एक्समा अपडेट सेयर गर्दै बिरामी अहिले पूर्णतया निको भएको र आफ्नो दिमागले कम्प्युटर माउसलाई नियन्त्रण गर्न सक्षम भएको बताएका छन । उनका अनुसार ती बिरामीले कुनै साइड इफेक्ट बिना नै सफलता पुर्वक निको भएको अनुभव गरेका छन्  । अब व्यक्तिले कम्प्युटर माउसलाई स्क्रिनको वरिपरि सारेर सोच्न र काम गर्न सक्षम भएका छन ।

मस्कले भने, ‘प्रगति राम्रो छ र बिरामी पूर्ण रूपमा निको भएको देखिन्छ, हामीलाई थाहा नभएको कुनै साइड इफेक्ट बिना। बिरामीले सोचेर मात्र स्क्रिनमा माउस घुमाउन सक्षम हुन्छ ।’

न्यूरालिङ्कले गत सेप्टेम्बरमा मानव परीक्षण भर्तीको लागि स्वीकृति प्राप्त गरेको हो । गत महिना आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क कम्प्यूटर इन्टरफेस चिप प्रत्यारोपण गर्ने कोसेढुङ्गा हासिल गर्‍यो। अध्ययनको प्रारम्भिक लक्ष्य भनेको व्यक्तिहरूलाई आफ्नो विचार प्रयोग गरेर कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्न सक्षम पार्नु हो।

समाचार अनुसार मस्कसँग न्यूरालिङ्कका लागि महत्वाकांक्षी योजनाहरू छन्, यसको टेक्नोलोजीको प्रयोग गरी मोटोपना, अटिजम, डिप्रेसन र सिजोफ्रेनिया जस्ता विभिन्न अवस्थाहरूको उपचार गर्न द्रुत र प्रभावकारी सर्जिकल प्रविष्टिको लागि यसको प्रविधि प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी