२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

३० फाल्गुन २०८०, बुधबार ०७:३९

फागुन ३०, काठमाडौँ । कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो ।

मेहताका अनुसार १० माघमा उनको आमाको खाताबाट ५/५ हजार रुपैयाँको दरले २२ पटक गरेर १ लाख १० हजार काटिएको म्यासेज आएको थियो ।

‘पैसा काटिएको भोलिपल्ट बिहान मात्र थाहा भयो, बिहान कनेक्ट आईपीएसको सोही खातामा लिंक भएको मेरो खाताबाट पनि थप ९ लाख १० हजार रुपैयाँ काटियो’, उनले भने, ‘पैसा काटिएको ५ मिनेटमा एनआईसी एसिया बैंकमा जाँदा पनि पैसा रोक्न नमिल्ने कर्मचारीहरुले बताए ।’

उनले यसबारे जिल्ला प्रहरी कार्यालय, सुनसरी र प्रहरीको साइबर ब्यूरोमा पनि अनुसन्धान गरिदिन भन्दै जाहेरी दिएका छन् । जाहेरीमा उल्लेख भएअनुसार, आमा रुसनीदेवीको लुम्बिनी विकास बैंक इनरुवामा भएको पैसा काठमाडौंको अफसोर सफ्ट टेक प्रालिमा गएको देखिएको छ ।


शिवनन्दनबाट चोरिएको पैसा भने पारेश्वर थापा नामक व्यक्तिको सनराइज बैंकको खातामा ट्रान्सफर भएको देखिएको प्रहरीले जनाएको छ ।

शिवनन्दनकी आमाको पैसा ट्रान्सफर भएको अफसोर सफ्ट टेक प्रालिले पनि आफ्नो खातासमेत ह्याक भएको बताएको छ । त्यो खाताको विवरण हेर्दा त्यहाँ गएको पैसा समेत पारेश्वर थापा क्षेत्रीको नाममा गएको देखिएको छ ।

साइबर ब्यूरोले भने भीपीएन प्रयोग गरेर अमेरिकाको लोकेसनबाट ह्याक भएको देखिएको जानकारी गराएको छ । शिवनन्दनले भने प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको बताएका छन् ।

उनी भन्छन्, ‘समयमै बैंकले पैसा रोकिदिएको भए अहिले यस्तो हुने थिएन, प्रहरीले पनि गम्भीरतापूर्वक हेरेको छैन ।’ पैसा जति सबै ह्याकरले लगेपछि आफूहरु समस्यामा परेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली