२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

७ चैत्र २०८०, बुधबार ०३:४४

चैत ७, काठमाडौं | युट्युब म्युजिक प्रयोग गर्ने प्रयोगकर्ताका लागि खुसीको खबर छ । 

यो धेरै पटक हुन्छ जब तपाईंलाई गीत सुन्न मन लाग्छ तर तपाईं संगीत एप वा इन्टरनेटमा कुनै पनि प्लेटफर्ममा खोज्न सक्षम हुनुहुन्न, किनभने तपाईंलाई त्यो गीतको शब्द याद छैन।

त्यो गीतको ट्युन गुनगुनाएर शव्द सम्झन खोज्छौ तर ठ्याक्कै शब्द सम्झन नसक्दा कयौं पटक आफ्नो मन पर्ने गीत खोज्न सकिन्न । अब युट्युबले आफ्ना प्रयोगकर्ताको यो समस्या हटाएको छ ।

वास्तवमा युट्युबले आफ्नो म्युजिक प्लेटफर्म युट्युब म्युजिकको लागि एउटा नयाँ फिचर तयार गरेको छ, जुन छिट्टै आफ्नो एपमा ल्याउन लागेको छ। यो सुविधा मार्फत तपाईले युट्युब म्युजिकमा कुनै पनि गीत गाएर खोज्न सक्नु हुनेछ। यसको मतलब यो हो कि अब तपाईंले गीतहरूको लिरिक्स लेखेर वा भ्वाइस सर्चमा बोलेर खोज्नु पर्दैन। त्यो गीतको धुन याद आयो भने त्यो धुन गाएर गीत खोज्न सक्नुहुन्छ।

यद्यपि, हामी तपाईलाई बताउछौं कि गुगलले अक्टोबर २०२० मा यस्तै फिचर लन्च गरेको थियो तर त्यसबेला त्यो सुविधा गुगल सर्च र गुगल असिस्टेन्ट एपमा मात्र उपलब्ध थियो। पछि, कम्पनीले आफ्नो होम टु सर्च फिचर युट्युबमा पनि उपलब्ध गराएको छ र अब त्यही सुविधा युट्युब म्युजिक एपमा पनि उपलब्ध गराउने भएको छ ।

नाइन टु फाइभ गुगलको पछिल्लो रिपोर्ट अनुसार यु ट्युब फिचरको यो नयाँ फिचर एन्ड्रोइड एपमा आउन थालेको छ । तर हामीले हाम्रो एन्ड्रोइड उपकरणमा युट्युव टयुब म्युजिकको यो नयाँ फिचर फेला पारेनौं। यसको मतलब कम्पनीले हाल परीक्षण चरणमा आफ्नो सुविधा राखेको छ र चयन गरिएका प्रयोगकर्ताहरूका लागि रोल आउट गरेको छ। यद्यपि, कम्पनीले चाँडै नै यो सुविधा आफ्ना सबै प्रयोगकर्ताका लागि रोल आउट गर्न सक्ने जनाइएको छ ।

यो सुविधा प्रयोग गर्नको लागि तपाईले तल दिइएको चरणहरू पालना गर्नु पर्छः

१) आफ्नो फोनमा युटयुब एप अपडेट गर्नुहोस्।

२) त्यसपछि आफ्नो फोनमा यो एप खोल्नुहोस् र माथि रहेको सर्च आइकनमा जानुहोस्।

३) खोज पट्टीको छेउमा रहेको माइक आइकनमा क्लिक गर्नुहोस्।

४) अब शीर्षमा रहेको गीत बटन टगल गर्नुहोस्।

५) अब तपाईले खोज्न चाहनु भएको गीतको धुन गुनाउनुहोस् र त्यसपछि त्यो गीत बज्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान