२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेपछि ,चर्चित युट्युबर आईशोस्पिडको युट्युबमा प्रतिबन्ध

२०८१, २३ श्रावण बुधबार ०९:०६

साउन २३, काठमाडौँ । ‘आईशोस्पिड’ नामबाट चर्चित युट्युबर एवं स्ट्रिमर ड्यारिन ज्यासन वाट्किन्स जुनियरलाई युट्युबले ​कारबाही गरेको छ । लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेपछि आईशोस्पिडलाई युट्युबले अस्थायी रूपमा प्रतिबन्ध लगाएको हो । 

उनले तीन दिन पहिले युट्युबमा लाइभ भिडिओमार्फत लगातार ल्यामबोर्गेनी र म्याकल्यारेन कारमाथि कुदेको देखाएका थिए । यसअघि उनले चर्चित फुटबलर क्रिश्चियानो रोनाल्डोको लोगो भएको तीव्र गतिमा चलेको ल्यामबोर्गेनीमाथि कुदेको भिडिओ सामाजिक सञ्जालका विभिन्न माध्यममा राखेका थिए । धेरैले उक्त भिडिओ भीएफएक्स गरी तयार पारेको शङ्का व्यक्त गरेपछि उनले लाइभ भिडिओमै तीव्र गतिमा कुदिरहेका दुई ओटा गाडीमाथि उफ्रेर आफूलाई प्रमाणित गर्न खोजेका थिए ।


उनको सो लाइभ भिडिओ युट्युबमा भने उपलब्ध छैन । त्यसको छोटो भिडिओ उनले इन्स्टाग्राममा राखेका छन् । टाइम्स नाउका  अनुसार उनले आफ्ना फ्यानलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत युट्युबले आफूलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएका छन् । उनका अनुसार अहिले उनी युट्युबमा लाइभस्ट्रिम गर्न वा भिडिओ अपलोड गर्न असमर्थ छन् । 

आफ्ना एडिटरले ड्याशबोर्डको स्क्रिनशट सार्वजनिक गरेपछि आईशोस्पिडले यस्तो प्रतिक्रिया दिएको बताइएको छ । उनले भनेका छन्, “यो कसैले पनि घरमा प्रयास नगर्नुहोला । म यसमा पोख्त छु । यसका लागि मैले तालिम लिएको छु । र, लामो समयदेखि थुप्रै पटक यो कार्य गरेको छु ।” उनले आफूमाथि शंका नगर्न भन्दै भिडिओमै चेतावनी समेत दिएका छन् । आईशोस्पिडले भिडिओमा डिस्क्लेमर राख्दाराख्दै पनि युट्युबले प्रतिबन्ध लगाएको भन्दै उनका समर्थकले निराशा व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा