२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेपछि ,चर्चित युट्युबर आईशोस्पिडको युट्युबमा प्रतिबन्ध

२३ श्रावण २०८१, बुधबार ०९:०६

साउन २३, काठमाडौँ । ‘आईशोस्पिड’ नामबाट चर्चित युट्युबर एवं स्ट्रिमर ड्यारिन ज्यासन वाट्किन्स जुनियरलाई युट्युबले ​कारबाही गरेको छ । लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेपछि आईशोस्पिडलाई युट्युबले अस्थायी रूपमा प्रतिबन्ध लगाएको हो । 

उनले तीन दिन पहिले युट्युबमा लाइभ भिडिओमार्फत लगातार ल्यामबोर्गेनी र म्याकल्यारेन कारमाथि कुदेको देखाएका थिए । यसअघि उनले चर्चित फुटबलर क्रिश्चियानो रोनाल्डोको लोगो भएको तीव्र गतिमा चलेको ल्यामबोर्गेनीमाथि कुदेको भिडिओ सामाजिक सञ्जालका विभिन्न माध्यममा राखेका थिए । धेरैले उक्त भिडिओ भीएफएक्स गरी तयार पारेको शङ्का व्यक्त गरेपछि उनले लाइभ भिडिओमै तीव्र गतिमा कुदिरहेका दुई ओटा गाडीमाथि उफ्रेर आफूलाई प्रमाणित गर्न खोजेका थिए ।


उनको सो लाइभ भिडिओ युट्युबमा भने उपलब्ध छैन । त्यसको छोटो भिडिओ उनले इन्स्टाग्राममा राखेका छन् । टाइम्स नाउका  अनुसार उनले आफ्ना फ्यानलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत युट्युबले आफूलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएका छन् । उनका अनुसार अहिले उनी युट्युबमा लाइभस्ट्रिम गर्न वा भिडिओ अपलोड गर्न असमर्थ छन् । 

आफ्ना एडिटरले ड्याशबोर्डको स्क्रिनशट सार्वजनिक गरेपछि आईशोस्पिडले यस्तो प्रतिक्रिया दिएको बताइएको छ । उनले भनेका छन्, “यो कसैले पनि घरमा प्रयास नगर्नुहोला । म यसमा पोख्त छु । यसका लागि मैले तालिम लिएको छु । र, लामो समयदेखि थुप्रै पटक यो कार्य गरेको छु ।” उनले आफूमाथि शंका नगर्न भन्दै भिडिओमै चेतावनी समेत दिएका छन् । आईशोस्पिडले भिडिओमा डिस्क्लेमर राख्दाराख्दै पनि युट्युबले प्रतिबन्ध लगाएको भन्दै उनका समर्थकले निराशा व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली