प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छि"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रभावकारी बन्दै इ–सेवा, तेह्रथुममा मासिक ३० लाखको कारोबार

३ मंसिर २०७३, शुक्रबार ०६:०७

प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने इ–सेवाको अहिले ग्राहक बढेका छन् । 

अत्यन्तै सरल र सुर्लभ ढंगले प्रयोग गर्न सकिने तथा छरितो सेवा उपलब्ध हुनाले इ–सेवामा ग्राहकको आकर्षण भएको हो । तेह्रथुमका सदरमुकाम म्याङलुङ्ग, जिरिखिम्ती, बसन्तपुर, लसुने लगायत बजारहरुमा इ–सेवा अनलाइन पेमेन्टको सेवा सर्वत्र छ । तेह्रथुममा इ–सेवाबाट प्रति महिना कम्तिमा ३० लाख रुपैयाँको कारोबार हुने गरेको इ–सेवा जोन रोशन मोवाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताए ।

‘जिल्लामा इ–सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको छ, श्रेष्ठले भने, ‘बजारदेखि गाउँ–गाउँसम्म इ–सेवाका ग्राहक छन् । उनीहरुले मासिक न्युनतम ४ सयदेखि अढाई लाख सम्म कारोबार गरिरहेका छन् । इ–सेवा जोन चलाएका श्रेष्ठ एक्लैले अहिले मासिक सरदर ४ लाख रुपैयाँको कारोबार गर्छन् भने उनी मातहत ५० बढी इ–सेवा प्वाइन्ट रहेका छन् । 

जिल्लामा इ–सेवा मार्फत विशेषगरि मोवाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिमटिभी रिचार्ज र हवाई जहाज टिकट हुने गरेको छ । त्यस मध्येपनि सबैभन्दा बढीले मोवाइल रिचार्ज गर्ने गरेको जिरीखिम्तीका इ–सेवा प्वाइन्ट प्रकाश राईले बताए । राईले पनि मासिक अढाई लाखसम्म इ–सेवामार्फत कारोबार गर्ने गरेका छन् । 

इ–सेवामार्फत मोवाइल रिचार्ज, पोष्टपेड बिलिङ, इन्टरनेट बिलिङ, हिडहोम रिचार्ज, हवाईजहाज टिकट, बस टिकट गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ्ग गर्न सकिन्छ । इ–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ । 

शहरी क्षेत्रमा ई–सेवाको प्रयोगपछि विद्युत, टेलिफोन र खानेपानीको विल भुक्तानी गर्दा लामो लाइन झेल्नुपर्दैन् । गाउँमा पनि इ–सेवा मार्फत मोवाइल रिचार्ज मात्रै गर्दापनि रिचार्ज स्क्रयाच गरेर पिन नं. लगाउने झन्झट नहुने गरेको सेवाग्राही बताउँछन् । 

इ–सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरि २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै इ–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिने रोशन मोवाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर श्रेष्ठले बताए । इन्टरनेट चलाउने सर्वसाधारले भने डब्लुडब्लुडब्लु डट इसेवा डट कम डट एनपीमा गएर पनि एकाउन्ट लग अन गर्न सक्नेछन् ।

 इसेवाको एन्ड्रोइड, आईओएस एप्स समेत उपलब्ध छ, यी एप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउन सक्ने सुविधा उपलब्ध छ, इसेवा उपयोग गरेर सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन । उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन । इसेवाका सम्पूर्ण सुविधा निशुल्क छन् । बरु इसेवाको प्रयोगबाट उपभोक्ताले भने समय र पैसाको भने बचत गर्न सक्छन्, इ–सेवा एजेन्ट श्रेष्ठले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली