प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छि"/>
2026-10-18 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रभावकारी बन्दै इ–सेवा, तेह्रथुममा मासिक ३० लाखको कारोबार

प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने इ–सेवाको अहिले ग्राहक बढेका छन् । 

अत्यन्तै सरल र सुर्लभ ढंगले प्रयोग गर्न सकिने तथा छरितो सेवा उपलब्ध हुनाले इ–सेवामा ग्राहकको आकर्षण भएको हो । तेह्रथुमका सदरमुकाम म्याङलुङ्ग, जिरिखिम्ती, बसन्तपुर, लसुने लगायत बजारहरुमा इ–सेवा अनलाइन पेमेन्टको सेवा सर्वत्र छ । तेह्रथुममा इ–सेवाबाट प्रति महिना कम्तिमा ३० लाख रुपैयाँको कारोबार हुने गरेको इ–सेवा जोन रोशन मोवाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताए ।

‘जिल्लामा इ–सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको छ, श्रेष्ठले भने, ‘बजारदेखि गाउँ–गाउँसम्म इ–सेवाका ग्राहक छन् । उनीहरुले मासिक न्युनतम ४ सयदेखि अढाई लाख सम्म कारोबार गरिरहेका छन् । इ–सेवा जोन चलाएका श्रेष्ठ एक्लैले अहिले मासिक सरदर ४ लाख रुपैयाँको कारोबार गर्छन् भने उनी मातहत ५० बढी इ–सेवा प्वाइन्ट रहेका छन् । 

जिल्लामा इ–सेवा मार्फत विशेषगरि मोवाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिमटिभी रिचार्ज र हवाई जहाज टिकट हुने गरेको छ । त्यस मध्येपनि सबैभन्दा बढीले मोवाइल रिचार्ज गर्ने गरेको जिरीखिम्तीका इ–सेवा प्वाइन्ट प्रकाश राईले बताए । राईले पनि मासिक अढाई लाखसम्म इ–सेवामार्फत कारोबार गर्ने गरेका छन् । 

इ–सेवामार्फत मोवाइल रिचार्ज, पोष्टपेड बिलिङ, इन्टरनेट बिलिङ, हिडहोम रिचार्ज, हवाईजहाज टिकट, बस टिकट गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ्ग गर्न सकिन्छ । इ–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ । 

शहरी क्षेत्रमा ई–सेवाको प्रयोगपछि विद्युत, टेलिफोन र खानेपानीको विल भुक्तानी गर्दा लामो लाइन झेल्नुपर्दैन् । गाउँमा पनि इ–सेवा मार्फत मोवाइल रिचार्ज मात्रै गर्दापनि रिचार्ज स्क्रयाच गरेर पिन नं. लगाउने झन्झट नहुने गरेको सेवाग्राही बताउँछन् । 

इ–सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरि २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै इ–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिने रोशन मोवाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर श्रेष्ठले बताए । इन्टरनेट चलाउने सर्वसाधारले भने डब्लुडब्लुडब्लु डट इसेवा डट कम डट एनपीमा गएर पनि एकाउन्ट लग अन गर्न सक्नेछन् ।

 इसेवाको एन्ड्रोइड, आईओएस एप्स समेत उपलब्ध छ, यी एप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउन सक्ने सुविधा उपलब्ध छ, इसेवा उपयोग गरेर सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन । उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन । इसेवाका सम्पूर्ण सुविधा निशुल्क छन् । बरु इसेवाको प्रयोगबाट उपभोक्ताले भने समय र पैसाको भने बचत गर्न सक्छन्, इ–सेवा एजेन्ट श्रेष्ठले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु