२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सल्यान - SLN

सल्यानको शिवजन विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

१ चैत्र २०७३, मंगलवार ०८:५७

चैत १, सल्यान । एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । 

शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा प्रेम भण्डारीले तथ्याङ्कशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो – “प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढङ्गले पढाइ सञ्चालन गराउन सकिँदो रहेछ । आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई पहिलो चरणमा इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरेका छौँ ।” 

कक्षाकोठामै आएर शिक्षकले पढाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्न समेत सो प्रविधि सफल भएको माविका संयोजक विजय केसीले जानकारी दिनुभयो । विदेशबाट प्रविधिको प्रयोग गरी पढाउन थालेपछि विद्यार्थीमा पनि आकर्षण बढेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो – पहिले पहिले कक्षामा खासै विद्यार्थीको सहभागिता हुँदैनथ्यो तर इन्टरनेटको माध्यमबाट विदेशबाट पढाइ हुन थालेपछि पूरै विद्यार्थी नियमित आउन थालेका छन् । शिक्षकले कक्षामा आएर पढाउनेभन्दा श्रव्यदृश्यबाट पढाउँदा बढी प्रभावकारी र सहज भएको केसीले बताउनुभयो । 

पूर्व सांसद् तथा खलङ्गा निवासी नेत्रलाल श्रेष्ठले विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएपछि पढाउन सम्भव भएको विद्यालयको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला