By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान
काठमाडौँ - KTMसूचना प्रबिधि

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

साझासवाल
Last updated: August 18, 2017 7:54 am
साझासवाल
5 Min Read
Share

भदौ २, काठमाडौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । 

एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । 

उक्त वैज्ञानिकको टोलीले नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान (नास्ट) को समन्वय तथा नेपालका लागि जर्मन राजदूतावासको सहकार्यमा मौसमी अध्ययन गरेको थियो । युरोपली संघको लगानी रहेको यो आयोजनाको कूल लागत करिब रु एक अर्ब ४५ करोड २० लाख (१२ मिलियन यूरो) रहेको बताइएको छ । 

यस किसिमको अध्ययन नेपालको नागरिक उड्डयन र कृषि व्यवसायका लागि उपयोगी हुने विज्ञ बताउँछन् । नास्टका उपकूलपति प्रा डा जीवराज पोखरेलले उचाइमा जलवायुको प्रकृति कस्तो हुन्छ भनी अध्ययन गरी तथ्य पत्ता लगाउने र त्यसको आधारमा आउँदा दिनमा विपद् व्यवस्थापनमा प्रयोग गरिने बताउनुभयो । 

उहाँले अध्ययनको विस्तृत विवरण आइसकेपछि सरकारले के गर्न सक्छ भनेर भावी रणनीति तय गर्न उपयोगी हुने बताउनुभयो । नाष्टले यो परियोजनाको लागि केही समयअघि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । 

करिब ७० हजार फिट उचाइसम्म उड्ने सो विमान नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलोपटक नेपाल आएको थियो । जर्मनीबाट आएको ‘एम–५५ जिओफिजिका’ नामको यो विमानको ‘ग्राउण्ड ह्यान्डलिङ’ निजी वायुसेवा कम्पनी बुद्ध एयरले गरेको थियो । 

विमानले नेपालको हिमाली तथा दक्षिण तराई भेगको अध्ययन गरेको थियो । झण्डै एक वर्षभित्र मात्र अध्ययनको विस्तृत विवरण आउने छ । 

एकजना विमान चालक (पाइलट) मात्र बस्न मिल्ने विमानमा अत्याधुनिक मौसमी उपकरण जडित थिए । विमानस्थलबाट दैनिक चार घण्टाको आठवटा उडान भएको थियो । 

अध्ययनमा संलग्न वैज्ञानिक समूहका संयोजक जर्मनी नागरिक प्रोफेसर मार्कस रिक्सले प्राकृतिक र भौगोलिक अनुकूलताले अध्ययन गर्न सहज भएको र यो अध्ययनबाट आफूहरु निकै उत्साहित भएको बताउनुभयो । 

नेपालको उच्च भेगमा मनसुनी अवस्था र यसको विकसित प्रक्रियाबारे अध्ययन गरी सतर्कताका उपायबारे रणनीति बनाउन सहज हुने उहाँको भनाइ छ । यो अध्ययनमा प्राध्यापक रिक्स, थोमस पिटर, फ्रिड स्ट्रोचलगायतका वैज्ञानिकको नेतृत्व खटिएको थियो । 

स्वचालित उपकरण जडित यो विमानले ७० हजार फिटको उचाइमा गएर उडान भरी स्वचालित विवरण रेकर्ड गरेर फर्केपछि अध्ययनमा संलग्न वैज्ञानिकले उपकरणको व्यवस्थापन गर्ने गरेका थिए । 

रुसको जहाज निर्माता कम्पनी मायसिस्चेभले उत्पादन गरेको यस्तो जहाजले सन् १९८८ मा पहिलो उडान गरेको थियो । सुरुमा यो जहाज रुसी सरकारी वायुसेवा कम्पनी एरोफ्टले सञ्चालन गरेको थियो । 

यस्तो जहाजले २१ हजार ३६० मिटर (७० हजार ८० फिट) उचाइसम्म उडान गरेको रेकर्ड छ । यो जहाजको लम्बाइ २२ मिटर र चौडाइ (एक पखेटाबाट अर्को पखेटासम्म)३७ मिटर छ । यसको उचाइ भने करिब पाँच मिटर छ । खाली अवस्थामा जहाजको तौल १३ हजार ९९५ किलो हुन्छ । अधिकतम १० हजार किलो तौल बोकेर उड्न सक्छ । यस्तो विमान विश्वमा दुईवटा अमेरिकामा एक र रुसमा एक रहेको छ । यो विमान विश्वयुद्धताका प्रयोग गरिएको बताइन्छ । 

युरोपेली संघको आर्थिक सहयोगमा जर्मनीको ‘अल्फ्रेड वेग्नर इन्स्टिच्युट’ ले यो जहाजलाई काठमाडौँं ल्याएको हो । यही संस्थाले सञ्चालन गरेको मौसमसम्बन्धी अभियान ‘स्ट्राटोक्लिल क्याम्पेन’ पूरा गर्न जहाज नेपाल आएको थियो । 

यो जहाजले नेपाली आकासमा ७० हजार फिटसम्मको उचाइमा गएर मौसमसम्बन्धी विस्तृतमा अध्ययन गरी तथ्यांक संकलन गरेको थियो । संकलित तथ्यांकलाई वैज्ञानिकले थप अध्ययन गरी अन्तिम विवरण पठाउने छन् । 

यहाँस्थित युरोपेली संघका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठका अनुसार यो आयोजनामा साझेदार गर्ने ११ देश क्रमशः जर्मनी, फ्रान्स, नेदरल्याण्ड, इङल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, डेनमार्क, स्पेन, इटाली, हंगेरी र रुसी महासंघ छन् । 

युरोपेली संघको ‘सेभेन रिसर्च फ्रेमवर्क प्रोग्राम’ (एफपी–७ ) अन्तर्गतको परियोजना सन् २०१३ मा सुरु भएको थियो । यसको कूल बजेट ५० विलियन युरो रहेको बताइएको छ । इयुमा ‘होराइजन २०२०’ जस्ता थुप्रै अवसर रहेको र अनुसन्धानका लागि नेपाली वैज्ञानिकले लाभ लिनसक्ने प्रबन्धक श्रेष्ठको भनाइ छ । 

जर्मनी वैज्ञानिकको संलग्नतामा भएको अध्ययन नेपाली वैज्ञानिकका लागि ठूलो अवसर भएको र यसलाई व्यावहारिक प्रयोग गर्नसकेको खण्डमा फाइदा पुग्ने नास्टको भनाइ छ । सिवी अधिकारी/रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण
Next Article कुबेत जान लागेका नवलपरासीका चार किशोरीहरुको उद्धार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

उपासना पौडेल बनिन् इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना संक्रमण बढ्यो: ‘कुनै पनि मार्गबाट देश विदेश जाने आउने काम बन्द गर्नु गराउनु’

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्ने :सञ्चारमन्त्री गुरुङ

11 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?