भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सेनाद्वारा गुफा जाने बाटो निर्माण

११ भाद्र २०७४, आईतवार ०८:०९

भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ । 

सेनाले ऐतिहासिक गुफासम्म पुग्न र अवलोकन गर्न चाहनेलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ । 

म्याङ्लुङस्थित नेपाली सेनाको इन्द्रदल गुल्मका जवानले बाटो निर्माण गरिदिएको गुल्मपति महेश्वर कार्कीले बताउनुभयो । यसअघि स्थानीयवासी राम तुम्बाहाङ्फेले निजी लगानीमा युवासहित टुङ्ना गुफा ओझेलमा रहेको भन्दै त्यहाँसम्म पुग्नका लागि बाटो बनाउने काम थालेका थिए । 

गोरेटो बाटोमा ५५ जनाभन्दा बढी नेपाली सेना र स्थानीयवासीले श्रमदान गरेका थिए । म्याङ्लुङस्थित बसपार्क नजिकै रहेको हावा खाने बरदेखि पाँच मिनेट पैदल हिँडेपछि पुग्न सकिने ओडार हुँदै हाङ्साम महादेव गुफासम्म पुग्ने बाटो निर्माण गरिएको हो । 

म्याङ्लुङ बजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र राम्रो गन्तव्य बन्न सक्ने म्याङ्लुङ–९ का वडा सदस्य बाबुराम लिम्बूले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रलाई पर्यटकीयस्थल बनाउनका लागि हालै सम्पन्न वडा परिषद्मा समेत बजेट माग गरिएको छ । 

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सिंहवाहिनी मन्दिर, बाघकोरे मन्दिर, नागा ओढार, थलायक डाँडा र गढी यक डाँडाको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो