भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण "/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सेनाद्वारा गुफा जाने बाटो निर्माण

२०७४, ११ भाद्र आईतवार ०८:०९

भदौ ११,तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ । 

सेनाले ऐतिहासिक गुफासम्म पुग्न र अवलोकन गर्न चाहनेलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ । 

म्याङ्लुङस्थित नेपाली सेनाको इन्द्रदल गुल्मका जवानले बाटो निर्माण गरिदिएको गुल्मपति महेश्वर कार्कीले बताउनुभयो । यसअघि स्थानीयवासी राम तुम्बाहाङ्फेले निजी लगानीमा युवासहित टुङ्ना गुफा ओझेलमा रहेको भन्दै त्यहाँसम्म पुग्नका लागि बाटो बनाउने काम थालेका थिए । 

गोरेटो बाटोमा ५५ जनाभन्दा बढी नेपाली सेना र स्थानीयवासीले श्रमदान गरेका थिए । म्याङ्लुङस्थित बसपार्क नजिकै रहेको हावा खाने बरदेखि पाँच मिनेट पैदल हिँडेपछि पुग्न सकिने ओडार हुँदै हाङ्साम महादेव गुफासम्म पुग्ने बाटो निर्माण गरिएको हो । 

म्याङ्लुङ बजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र राम्रो गन्तव्य बन्न सक्ने म्याङ्लुङ–९ का वडा सदस्य बाबुराम लिम्बूले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रलाई पर्यटकीयस्थल बनाउनका लागि हालै सम्पन्न वडा परिषद्मा समेत बजेट माग गरिएको छ । 

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सिंहवाहिनी मन्दिर, बाघकोरे मन्दिर, नागा ओढार, थलायक डाँडा र गढी यक डाँडाको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित