भदौ १२, महोत्तरी। महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ ।

सरकारले जिल्लामा बाढीमा ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, महोत्तरी। महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ ।

सरकारले जिल्लामा बाढीमा ज"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बाढीमा मृत्यु भएका परिवारलाई पच्चीस हजार राहत प्रदान

१२ भाद्र २०७४, सोमबार ०८:१७

भदौ १२, महोत्तरी। महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ ।

सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५ हजार तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिएको हो । 

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आइतबार बाढीमा ज्यान गुमाएका जलेश्वर नगरपालिका– २ का १५ वर्षीय बिक्कीकुमार ठाकुर र पिपरा गाउँपालिका– ६ का आठ वर्षीय रितेश सदाका अभिभावकलाई रु २५ हजारका दरले राहत उपलब्ध गराउनुभयो । 

यसबाहेक अन्य बाँकी मृतक सात जनाको परिवारलाई पनि आज तत्काल राहतस्वरुप रु २५÷२५ हजार प्रदान गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । 

साथै बाँकी रहेका रु एक लाख ७५ हजार सरकारले पठाउनेबित्तिकै जिल्ला प्रशासनले पीडितलाई उपलब्ध गराउने प्रजिअ श्रेष्ठले बताउनुभयो । 

यसैगरी एलायन्स फोर डिजास्टर रिलिफले महोत्तरीका ३१५ जना बाढीपीडितलाई राहत वितरण गरेको छ । 

अविरल वर्षापछि आएको भीषण बाढीबाट प्रभावित भएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रका विभिन्न तीन वटा वडाका ३१५ जनालाई सो संस्थाले राहत वितरण गरेको हो । 

सो संस्थाले जलेश्वर नगरपालिका वडा नं २ का १५४ जना, वडा नं ८ का ५६ जना र वडा नं ३ का १०५ जना अति पीडितलाई राहत वितरण गरेको छ । 

बाढीबाट अन्नपात बगाएर खानलाई समस्या भइरहेका तीनवटै वडाका पीडितलाई सो संस्थाले चामल, दाल, नून, तेल, आलु, प्याज, जीवनजल र झुल वितरण गरेको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली