2026-10-18 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा घरेलु हिंसाका कारण सम्बन्धविच्छेद बढ्दो

भदौ १२,तेह्रथुम। पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ । 

विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो । 

जिल्लामा वर्षेनी सम्बन्धविच्छेद गरेर श्रीमान त्याग्ने महिलाको संख्या बढ्दै गएको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । जिल्ला अदालतले फैसला सुनाएकामध्ये पछिल्ला तीन आवमा जिल्लाका ८४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । 

अदालतको तथ्यांकअनुसार आ.व २०७१/७२ मा २९ जनाले सम्बन्धविच्छेद गरे । आ.व २०७२/७३ मा यो संख्या बढेर ३६ पुग्यो भने आव २०७३/७४ मा पनि जिल्ला अदालतले १९ वटा सम्बन्धविच्छेदका फैसला सुनाएको छ । 

अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा रहेका छन् । अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकोे स्रेस्तेदार अम्बिकाप्रसाद दाहालले बताउनुभयो । साधारणतया श्रीमान्–श्रीमतीबीच सामान्य विवादमै हुने कुटपिट, झैझगडा, यौन हिंसालगायत घरेलु हिंसाका विषयलाई लिएर महिलाले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढिरहेको स्रेस्तेदार दाहालले बताउनुभयो । 

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याउने गरेको देखिएको छ ।

सानै उमेरमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई विच्छेद हुने गरेको स्रेस्तेदार दाहालले बताउनुभयो । 

जिल्लामा पछिल्ला वर्षहरुमा ६० प्रतिशत बढीले घरेलु हिंसा सहन नसकेरै सम्बन्धविच्छेदको बाटो रोजिरहेको अधिवक्ता नारायण लुइँटेलले बताउनुभयो । “विभिन्न कारणले सम्बन्धविच्छेद गरिपाऊँ भनी महिलाले निवेदन गर्छन् तर त्यसमध्ये अधिकांश घरेलु हिंसा नै मुख्य कारण छन्”, उहाँले भन्नुभयो । 

एक महिनामा करिब तीनदेखि चारजना महिलाले कानूनीरुपमा श्रीमान्बाट सम्बन्धविच्छेद गर्ने गरेको तथ्यांकले देखाएको उहाँले बताउनुभयो । 

“घरेलु हिंसाको कारण बताएर श्रीमान्सँग सम्बन्ध तोड्नेको संख्यामा बढोत्तरी भइरहेको छ”, लुइँटेलले भन्नुभयो– “श्रीमान्सँग खान लाउन नदिएको, सौता हालेको, मदिरा सेवन गरी कुटपिट गरेको, परिवारले हेला गरेको, यौन सम्पर्क राख्न नाजायज दबाब दिने गरेको जस्ता कारणबाट महिलाले अदालतमा मुद्दा दर्ता गर्ने गरेका छन् ।” 

अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर पर्ने गरेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको अधिवक्ता लुइँटेल बताउनुहुन्छ । 

नेपालमा महिलाको एकल निर्णयको आधारमा सम्बन्धविच्छेद गर्न सकिने कानूनी व्यवस्था रहेकाले पनि थप सजिलो भएको उहाँले बताउनुभयो । निवेदन दिएको ९० दिनभित्र सम्बन्धविच्छेदको निर्णय दिनुपर्ने व्यवस्था कानूनले गरे पनि सामान्यतया २२ दिनपछि अन्तिम टुंगो लगाउने प्रक्रियामा जान्छ । अंश दाबी गरिएको हकमा भने केही ढिलाइ हुने गरेको अदालतले जनाएको छ । 

मुलुकी ऐनको ११औँ संशोधनले २०५८ असोजबाट महिलाले श्रीमान्को अंश (सम्पत्ति) दाबी गर्न पाउने व्यवस्था गरेपछि यसको माग बढेर आएको बताइएको छ । अदालतमा सम्बन्धविच्छेदका लागि दर्ता भइसकेका महिलाले भने श्रीमान्सँग मिलापत्रको प्रयास गर्दा पनि अस्वीकार गर्ने गरेका छन् । 

तर मुद्दा दर्ता पूर्व भने श्रीमतीलाई मुद्दा दर्ता गर्न त्यति धेरैले सल्लाह नदिने गरेको बुझिएको छ । “महिलाले हदभन्दा बढी हिंसा भोग गरेर पनि अदालतको पहुँचमा नपुग्दा केही गर्न नसक्ने अवस्था छ, त्यसैले अहिले देखिएको सम्बन्धविच्छेदका घटना दर्तालाई हेरेर त्यत्ति धेरै आश्चर्य मान्नुपर्ने कारण छैन”, जिल्ला महिला सञ्जालकी अध्यक्ष कमला दर्नाल भन्नुहुन्छ । 

जिल्लामा सम्बन्धविच्छेदपछि पनि श्रीमान्–श्रीमती मिलेर बसेका समेत केही उदाहरण रहेको अधिकारकर्मीहरु बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु