२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

एनआरएनए अध्यक्षमा भवन भट्ट, महासचिवमा बद्री केसी बिजयी

२०७४, ३१ आश्विन मंगलवार ०२:४५

असोज ३१, काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अध्यक्ष पदमा भवन भट्ट निर्वाचित भएका छन् । मतगणना अनुसार भट्टले १ हजार १ सय ९७ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै जमुना गुरुडको ६ सय ४० मत प्राप्त भएको छ ।

सोमबार अपरान्ह ५ बजेबाट शुरु भएको मतदान राती १ बजे सकिएलगत्तै भएको मत गणनाको नतिजा राती २ बजे घोषणा गरिएको थियो । विधुतीय मतदान भएकोले मतपरिणाम छिटो आएको हो ।

नवनिर्वाचित अध्यक्ष भट्ट यसअघि दुई कार्यकालसम्म उपाध्यक्ष थिए । उनी उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र शेष घलेपछि एनआरएनको पाँचौ अध्यक्ष नियुक्त भएका हुन् ।

त्यसैगरी उपाध्यक्षहरुमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन । अन्य उपाध्यक्षका उम्मेदवारहरुमा चिरन्जीवि थापा, खगेन्द्र जिसी, सोनाम लामा र रविना थापा रहेका छन् ।

महिला उपाध्यक्षमा सफिलाराज भण्डारी विजयी भएकी छिन । त्यस्तै महासचिवमा पुन डा बद्री केसी विजयी हुनु भएको छ । त्यस्तै २ सचिव पदका लागि भएको निर्वाचनमा सचिवमा डम्बर बहादुर क्षेत्री र जानकी गुरुड विजयी भएका छन भने सचिवका अन्य उम्मेदवारहरु गणेश केसी, डा देवी बहादुर बस्नेत, ऋषिराम कडेल र सन्तोष भट्टराईविजयी भएका छन ।

त्यस्तै कोषाध्यक्ष पदमा हिक्मत बहादुर थापा विजयी भएका छन । सहकोषध्यक्षमा सोम सापकोटा विजयी भएका छन । त्यसैगरी महिला संयोजकमा रजनी प्रधान विजयी भएकी छिन । त्यस्तै युवा संयोजकमा सुदन कुमार थापा विजयी भएका छन ।

त्यसैगरी क्षेत्रिय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा गौरीराज जोशी विजयी भएका छन । त्यस्तै अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी निविरोध भएकी छिन भने युवा संयोजकमा डा बर्षा मोक्तान पनि निर्विरोध भएकी छिन ।

यूरोप क्षेत्रबाट संयोजकमा शिव प्रसाद बरुवाल विजयी भएका छन भने दुई उपसंयोजक पदमा एकराज गीरि र गोविन्द गौतम विजयी भएका छन । युरोपबाट महिला उपसंयोजकमा संगीता मरहट्टा विजयी भएकी छिन भने यूवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचीत भएका छन ।

ओसियानाबाट संयोजकमा धर्मराज अधिकारी विजयी भएका छन । महिला उपसंयोजकमा प्रीति शर्मा विजयी भएका छन । ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्य विजयी भएका छन ।

त्यस्तै एसिया प्यासिफिकबाट संयोजकमा किरण विक्रम थापा विजयी भएका छन भने २ पदका लागि भएको उपसंयोजकमा विनाद कुंवर र पारशमणी शर्मा विजयी भएका छन । एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुड र निर्विरोध भएकी छिन भने युवा संयोजकमा कुनै उम्मेदवारी नै परेको छैन ।

अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निविरोध भएका छन भने २ उपसंयोजक पदका लागि डा भुवन ढकाल र शिव शर्मा पौंडेल निर्वाचित भएका छन । महिला संयोजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुईटेल निर्विरोध निर्वाचीत भएका छन ।

मिडिल ईष्टबाट क्षेत्रिय संयोजकमा राजेन्द्र शर्मा विजयी भएका छन भने उपसंयोजकमा गोपाल कडेल र हंसराज ढकाल निविरोध निर्वाचित भएका छन्  । महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वार्चित भएका छन भने युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । 

नवनिर्वाचित पदाधिकारीहरुलाई आज हुने एक कार्यक्रमकाबीच पदतथा सपथ ग्रहण गराईने निर्वचन आयोगले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने