२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जिल्ला स्वास्थ्य कार्यालय १२ बर्षदेखि निमित्तकै भरमा

१५ चैत्र २०७४, बिहीबार १६:३७

चैत १५, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोट स्थापनादेखि कार्यालय प्रमुखविहीन छ । आर्थिक बर्ष २०६२∕२०६३ मा प्राथमिक स्वास्थ्य ईकाईबाट स्तरोन्नती भई जिल्ला स्वास्थ्य कार्यालय भएर १ जना नवौ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी स्वीकृत भएपनि हालसम्म नवौ तहको कार्यालय प्रमूख पाएको छैन् ।

जिल्ला स्वास्थ्य कार्यालय निमित्त प्रमुख कटकबहादुर महतले बिहीबार नागरिक समाज कालिकोटको आयोजनामा भएको अन्तक्र्रियामा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले स्थापनाकालदेखी हालसम्म पनि नवौं तहको कार्यालय प्रमूख नपाएको जनाए । उनले जिल्ला स्वास्थ्य भईसकेपछि आठौ तहको एक जना एमबिबिएस डाक्टर र नवौ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी भएपनि हालसम्म आठौ तहको बिबिएस डाक्टर पनि नियमित नपाएको बताए ।

‘अहिलेसम्म जति डाक्टरहरु आए आठौ तहका निमित्त प्रमूखले नै कार्यालय प्रमूख भएर चलाए’ उनले भने, ‘नवौं तहको  मेडिकल सुपरिडटेन्ट आएकै छैन्् । कसरी नागरिकहरुले गुणस्तरीय सेवा पाउन सक्छन् ?’ यसका लागि जिल्लाका सबै सरोकारवालाहरुले पहल गर्नु आवश्यक भएको उनको भनाई छ ।जिल्ला अस्पताल कालिकोट पाँच महिनादेखी अप्रेशन, एक्सरे लगायतका सेवाविहीन भएको, जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अली नेकपाले कालोमुसो दलेपछि काज सरुवा भएर विभागमा गएदेखि झण्डै तीन महिना यता कार्यालय प्रमूख विहीन भएको लगायतका सवालहरुलाई लिएर नागरिक समाज कालिकोटले गरेको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

खाँडाचक्र नगरपालिकाका नगर प्रमूख जसीप्रसाद पाण्डेले दुर्गममा डाक्टरहरु आउनै नमान्दा नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती रहेको बताए । उनले आफुले केही समय अगाडी मन्त्रालयमा जाँदा मन्त्री नियुक्त भईनसकेको अवस्थामा सचिवले आश्वासन मात्र दिए तर डाक्टर नपठाएको गुनासो गरे ।

नागरिक समाज कालिकोटका संयोजक दमनराज बमको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाहीको प्रमूख आतिथ्यतामा भएको अन्तत्र्रिmया कार्यक्रममा जिल्लाका नागरिक समाजका अगुवाहरुले जिल्ला अस्पतालमा तत्काल डाक्टरको व्यवस्था गर्नुपर्ने, पाँच महिनादेखी बन्द रहेको अप्रेशन, एक्सरे लगायतका सेवाहरु तत्काल सुचारु गर्नुपर्ने, राज्यले निशुल्क दिने भनिएका औषधीहरु समेत बिरामीहरुले नपाएको भन्दै औषधि आपुर्ति व्यवस्थित गरी निःशुल्क पाउने औषधिहरु उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य