२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पमा किसान आकर्षित

१८ पुष २०७५, बुधबार १०:०९

तीर्थभट्टराई | पुस १८, नगराइन | धनुषाको नगराइन नगरपालिका–६, लगमाका किसान नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पबाट प्रदूषणरहित तरिकाले र सजिलैसँग सिँचाइ गर्न पाएर निकै खुशी देखिन्छन् । 

चिनियाँ प्रविधिको बोक्न मिल्ने करीब ३२ किलो मात्र तौल भएको सजिलो र सौर्य ऊर्जाले चल्ने पम्प आउनु अघि डिजेलबाट चल्ने पम्प चलाउँदा वातावरण प्रदूषण हुने, तेल खर्च धान्न नसक्ने र ओसारपसार गर्न कठिन भएकोमा नयाँ प्रविधिको सोलार पम्प आएपछि भने स्थानीय जनताले निकै सहज महसुस गरेका छन् । 

यो नयाँ प्रविधिको बोक्न मिल्ने ‘सनफ्लावर’ सिँचाइ पम्प भनिने पम्प संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को साना अनुदान आयोजनाअन्तर्गत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले किसानको समूहलाई उपलब्ध गराइएको युएनडिपीको साना अनुदान आयोजनाअन्तर्गत सन्फ्लावर सिँचाइ आयोजनाका संयोजक राजेश झाले बताउनुभयो । 

चिनियाँ प्रविधिको रु ६० हजार मूल्य पर्ने पम्प कृष्ण ग्रिल इञ्जिनीयरिङ वर्कशप, विराटनगरले बिक्री वितरण गरिरहेको छ । हाल यो पम्प १४ किसानले प्रयोग गरिरहेका छन् । यसबाट एक दिनमा पाँच कट्ठामा सिँचाइ गर्न सकिने वर्कशपका प्राविधिक अनिल मण्डल बताउनुहुन्छ । यो बिहान र दिउँसोको घाममा बिहान १० बजे देखि २ बजेसम्म पूर्ण क्षमतामा चलाउन सकिन्छ । 

लगमाका स्थानीय किसान रामदयाल मण्डल भन्नुहुन्छ, “यो तेलबिना चल्ने, प्रदूषणरहित हुनाले वातावरणमैत्री र चलाउन असाध्यै सजिलो छ । सजिलै बोकेर लगी बोरिङको कल, ताल, नदीबाट पानी तानेर जहाँ पनि सिँचाइ गर्न सकिन्छ ।” 

स्थानीयवासी मुन्नी मण्डल भन्नुहुन्छ, “यो पम्प सबैभन्दा राम्रो र सजिलो छ । डिजेलको धुँवामा काम गर्नुपर्ने बाध्यता हटेको छ, तेल खर्च पनि बचेको छ ।” सिँचाइ सुविधा सहज भएपछि पहिले त्यति खेती नगरिने आलु, बन्दागोभीलगायतका तरकारी खेती पनि यस ठाउँमा गर्न थालिएको उहाँले बताउनुभयो । 

आयोजनाका संयोजक झा भन्नुहुन्छ, “यसले जलवायु परिवर्तनको असर तथा कार्बन न्यूनीकरण गर्न सघाउने हुनुका साथै बोक्न मिल्ने भएकाले यो नयाँ प्रविधि हो र कृषकले अति मन पराएका छन् ।” यसको प्रयोग गर्ने यस स्थानमा ३० घरधुरी हुने पनि उहाँले जानकारी दिनुभयो । यसलाई अन्यत्र पनि विस्तार गर्न सकिए अन्य जिल्लाका किसान पनि लाभान्वित हुनसक्ने उहाँले बताउनुभयो । 

उहाँले जनतालाई सक्खर, माटो आदि मिसाएर जैविक विषादी तयार गर्ने तालीम पनि दिइएको जानकारी दिनुभयो । रासस | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य