२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरमा टेलिकमको एफटीटीएच सेवा

२०७५, ३० चैत्र शनिबार १५:४३

चैत ३०, धनुषा (रासस) | जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनकपुरधाममा एफटीटीएच सेवाको शुरुआत गर्नुभयो । 

मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नं २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको शुरुआत गर्नुभएको हो । उक्त कार्यक्रममा मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउँदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नका लागि नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताउनुभयो । उहाँले आगामी वर्ष धेरै आयोजना सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिनका लागिसमेत कम्पनी थप ग्राहक मुखी हँुदै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिलाई सफल बनाउन आफ्नो क्षेत्रबाट सशक्त योगदान दिन नेपाल टेलिकम कटिबद्ध रहेको बताउनुभयो । उहाँले कम्पनीका सेवा विस्तारसँगै बजारीकरणलाई पनि थप मजबुत बनाउँदै लगिने जानकारी दिनुभयो । सोही अवसरमा नेपाल टेलिकमको वीरगञ्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवा विस्तार समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा केन्द्रका निर्देशक प्रमोदकुमार परमारलगायत कर्मचारीको समेत उपस्थिति थियो । जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकामा २४० लाइन वितरण भइसकेको र निकट भविष्यमा थप लाइन जडान तथा वितरण गर्ने कार्यक्रम छ । जनकपुर क्षेत्रमा आठ एमबीपीएस देखि ५५ एमबीपीएससम्मको इन्टरनेट सेवा उपलब्ध गराइने छ । वित्तीय संस्थालाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइने छ । एक वर्षका लागि आठ एमबीपीएसको प्याकेज रु आठ हजार ५०० मा उपलब्ध गराइने छ । यसवापत एक थान वाइफाई राउटर र १०० मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने छ ।

 नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महीनाका लागि निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । हाललाई यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगरसम्म उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते