२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

इन्टरनेटले कामकाज सहज

२०७६, १३ बैशाख शुक्रबार १३:३५

वैशाख १३, बेझाड (रासस) | रामपुर नगरपालिकाका सबै वडा कार्यालयमा इन्टरनेट सेवा शुरु भएको छ । नगरका १० वटै वडा कार्यालयमा यसै आर्थिक वर्षदेखि इन्टरनेटबाट सेवा दिन थालेपछि कार्यालयको कामकाज सहज भएको कर्मचारी बताउँछन् । इन्टरनेटको सुविधा बिस्तार भएपछि नगरपालिकाको सूचना सबै वडा कार्यालयसम्म पुर्याउन सजिलो भएको हो ।

अनलाइन पञ्जीकरण सेवा, सामाजिक सुरक्षाभत्ताको लगत राख्नेलगायतका काम सहजरुपमा सञ्चालन गर्न वडा कार्यालयमा इन्टरनेटको बिस्तार गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“वडादेखि नगरका कामकाज विधिसम्मत तरिकाले गर्न र नागरिकलाई सहज सेवा दिन इन्टरनेट सेवा जडान गरिएको छ”, उहाँले भन्नुभयो । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्पनीमार्फत वडा नं १, २, ३, ४, ८, वडा नं १० मा ‘वायरलेस’ र ५, ६ र ७ नम्बरमा फाइवर नेट जडान गरिएको छ । त्यस्तै ९ नं वडामा नेपाल टेलिकमको वाई म्याक्स प्रविधि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्र श्रेष्ठले बताउनुभयो ।

यस्तै निस्दी गाउँपालिकामा सातवटै वडामा इन्टरनेटको पहुँच पुगेको छ । जिल्लाकै विकट र दुर्गम मानिएको यस गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा पुगेपछि काम गर्न सहज भएको कर्मचारी बताउँछन् । वल्र्डलिङ्क कम्पनीमार्फत वडा नं १ बाहेक सबै वडामा वायरलेसमार्फत इन्टरनेट जडान गरिएको छ । गाउँपालिकाको वडा नं १ मा भने कस्मीकले आफ्नो सेवा दिइरहेको वडाध्यक्ष पूर्णबहादुर खाँणले जानकारी दिनुभयो ।

वडा वडामा इन्टरनेट सेवा जडान गर्न यस आर्थिक वर्षमा प्रत्येक वडामा रु ३० हजार रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने