२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

अनलाइन सेवाले झन सास्ती

२०७६, २९ बैशाख आईतवार १०:३६

वैशाख २९,  कैलाली । कैलालीको टीकापुरस्थित मालपोत कार्यालयमा अनलाइन प्रणालीमार्फत सेवा दिन थालिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले कार्यालयले वैशाख १५ गतेदेखि अनलाइन प्रणालीमार्फत काम थालेको भए पनि अनलाइन सेवाले कर्मचारीलाई समेत हैरानी भएको छ ।

टाढा÷टाढाबाट आएका सेवाग्राही समयमा काम सम्पन्न नभएपछि निराश हु“दै फर्किनुपरेको छ । जानकी गाउ“पालिका– ९ मूर्तियाका शेरबहादुर विकले जग्गा रोक्काको काम गर्न चार दिनसम्म लाइनमा बस्दा पनि काम नभएपछि फर्किएको बताउनुभयो । 

बर्दगोरीया गाउ“पालिकाका शेरबहादुर बुढा जग्गा नामसारी गर्न तीन दिनदेखि धाइरहनुभएको छ । उहाँको काम सम्पन्न हुन अझै कति दिन लाग्ने हो ठेगान छैन । झण्डै ३५ किलोमिटर बसको यात्रा गरेर जग्गा नामसारी गर्न टीकापुर पुगेका जोशीपुरका रामलाल उपाध्याय तीन दिनदेखि मालपोत कार्यालयका कोठाकोठा चहारिरहनु भएको छ । 

टीकापुर मालपोत कार्यालयमा दैनिक ढिलासुस्तीबाट हैरान हुने यस्ता दर्जनौं छन् ।  ‘‘कुनैपनि सेवाग्राहीले समयमै काम सम्पन्न गरेर घर फर्किन पाएका छैनन् । उनीहरुमध्ये कतिपयले एउटै कामका लागि करिव एक साता कार्यालय धाउनमै बिताएका छन् ।’’ 

कार्यालयमा भइरहेको ढिलासुस्तीको मार लेखापढी व्यवसायीलाई समेत परेको छ । सेवाग्राहीको आक्रोशले उनीहरु पनि निराश छन् । नेपाल लेखापढी कानून व्यवसायी एशोसियशन इकाई कार्यालय टीकापुरका पूर्व सचिव लक्ष्मीप्रसाद खनालले सेवाग्राही आफूहरुमाथि खनिने गरेको बताउनुभयो । ‘‘कार्यालयभित्र समयमा काम हुन्न । सेवाग्राही हामीलाई रिसाउ“छन्’’ खनालले भन्नुभयो । 

यस कार्यालयले कैलालीको झण्डै आधा भू–भागका बासिन्दालाई सेवा दिँदै आएको छ । मालपोत कार्यालय टीकापुरमा टीकापुर र लम्कीचुहा नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरीया गाउ“पालिकाका बासिन्दाको जग्गा नामसारी, श्रेस्ता कायम, दाखिल खारेज, संशोधनलगायतका काम हुन्छ । भजनी नगरपालिकाका केही वडाको काम समेत यसै कार्यालयमार्फत हुने गरेको सूचना अधिकारी सर्वानन्द चपाईँले जानकारी दिनुभयो ।

उहाँले अनलाइन प्रणालीमा गएपछि कार्यालयको काममा निकै ढिलासुस्ती भएको स्वीकार्नुभयो । ‘‘अनलाइन प्रणाली शुरु हुनुपूर्व दैनिक १५ वटा नामसारी हुनेमा अहिले मुस्किलले पाँच÷छ वटासम्म मात्रै हुने गरेका छन् ।’’ चपाईँले भन्नुभयो,‘‘कर्मचारी अभाव, दक्ष कर्मचारी नहुनु, बेलाबेलामा इन्टरनेट नचल्नुका साथै दोहोरो काम गर्नु परेकाले काममा ढिलासुस्ती भइरहेको छ ।’’

उहाँले हाल अनलाइन र हातले लेख्ने दुबै माध्यमबाट काम गर्नुपरेको बताउनुभयो । ‘‘अनलाइन भर्नु परेको छ अनि हातले लेख्नु पनि परेको छ’’ उहाँले भन्नुभयोे, ‘‘कर्मचारीले दोहोरो काम गर्नु पर्दा समस्या भएको हो ।’’

अझ एउटा जग्गा नामसारी गर्दा जग्गा किन्ने, जग्गा बेच्ने र दुईजना साक्षी गरी चार जनाको फोटो खिच्नुपर्छ । यसका साथै सबै कागजात ‘स्क्यान’ गरेर अनलाइनमा राख्नुपर्छ । सेवाग्राहीले एउटै कामलाई कैयौं फाँटमा रुजु गराउनुपर्छ । एउटै काममा दिन बिताउनु परेपछि थकित बनेको सेवाग्राही कर्मचारीको रुखो व्यवहारले झन आजित बन्ने गरेका छन् । 

कर्मचारी समायोजनको असर यस कार्यालयमा समेत परेको छ । समायोजन भएर जाने कर्मचारी गइसकेका छन् तर आउने कर्मचारी अझै आएका छैनन् । कार्यालयमा तीन जना नासु र दुईजना खरिदारको दरबन्दी रिक्त छ । अधिकृतस्तरको कार्यालय प्रमुख हुनुपर्नेमा विगत १४ महीनादेखि सुब्बाले कार्यालयको नेतृत्व सम्हालेका छन् । दरबन्दीअनुसारको प्रमुख र कर्मचारी नहु“दा कार्यालयको अवस्था भद्रगोल जस्तै छ ।

देशभरका १२६ मध्ये ५७ मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएको छ । अरु कार्यालयमा समेत अनलाइन प्रणालीबाटै काम गर्ने सरकारी लक्ष्य छ । सरकारले जनताको काम छिटोछरितो हुनुपर्छ भन्ने उद्देश्यले अनलाइन प्रणाली लागू गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हु“दा उल्टै समस्या देखा परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा