२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

नेपालमा सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

२०७६, ८ श्रावण बुधबार ०९:०२

सञ्चिता घिमिरे | साउन ८, काठमाडौँ  |   घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ ।  

यदि त्यसो हो भने अब छिट्टै सिसिटिभीको फुटेज नचिनिने समस्या समाधान हुने भएको छ । नेपालमा छिट्टै सिसिटिभी फुटेजमा टाढाका वस्तुसमेत प्रस्ट देखिने प्रविधि भित्रिँदैछ । नेपाल विधि विज्ञान प्रयोगशालाले चालू आवभित्रै यो प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रयोगशालामा नियमित रुपमा सिसिटिभी फुटेजसँग सम्बन्धित समस्या आउन थालेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “चालू आवभित्रै सञ्चालनमा ल्याउने योजना छ ।”

समाज परिवर्तन भएसँगै नयाँनयाँ अपराधका घटना भइरहेका र त्यसकै आधारमा नयाँनयाँ प्रविधि आवश्यक भएको शाक्यले बताउनुभयो ।  सिसिटिभी जडान भएका स्थानमा कुनै पनि घटनाका प्रमाणका रुपमा त्यसलाई लिइने गरे पनि त्यसले टाढाको दृश्य प्रस्ट नहुँदा नागरिक र प्रहरी हैरान छन् । उहाँले भन्नुभयो, “यही अन्यौलता हटाउनका लागि नेपालमा सिसिटिभी आवश्यक देखिएको हो ।”

प्रयोगशालाले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाण उपलब्ध गराउँदै आएको छ । अदालत, प्रहरी, सरकारी कार्यालयलगायतका स्थानबाट आएका समस्याको समाधान वैज्ञानिक प्रविधिबाट निष्कर्ष निकाल्ने काम गर्दै आइएको प्रयोगशालाले जनाएको छ । समयानुसार र अपराधका घटनाका प्रकृतिनुसार नयाँनयाँ प्रविधि भित्र्याउने र प्रयोग गरिँदै आएको निमित्त कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । ट्राफिक प्रहरी, नेपाल प्रहरी र अदालतबाट सिसिटिभीसम्बन्धी विवाद आउने गरेका छन् । त्यससम्बन्धी अनुसन्धान गरेर तथ्य पत्ता लगाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

“दुर्घटनामा रातको समयमा सिसिटिभीले दृश्य देख्ने तर नम्बर प्लेट नबुझिएको भन्ने घटना आइरहेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म हामीसँग सिसिटिभीको दृश्य प्रस्ट गर्ने प्रविधि नभएकाले सुझाव दिन सकिरहेका छैनौँ तर अब त्यस्ता प्रविधि ल्याउने योजनामा हामी छौं ।”

प्रयोगशालाले अहिले हस्ताक्षर सक्कली हो वा होइन्, हस्तरेखा मिल्छ वा मिल्दैन, रगतमा रहेको मदिरापान, विषालु पदार्थको मात्रा लगायतका परीक्षण गर्दै आएको छ । प्रयोगशालाले मानिस र जनावर दुवैको डिएनए परीक्षणसमेत गर्दै आएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो । 

विसं २०६२ मा मानिसको डिएनए परीक्षण शुरु गरेकामा दुई वर्षपहिले देखि जनावरको समेत डिएनए परीक्षण शुरु भएको हो । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उहाँले बताउनुभयो । डिएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो । 

कुनै पनि व्यक्तिको हस्ताक्षर मिल्छ वा मिल्दैन भन्ने जाँच गराउने घटना लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट आउने गरेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । “कतिपय छापिएका कागजात कति वर्ष पुरानो हो भन्ने छुट्याउने काम पनि प्रयोगशालाले गर्दै आएको छ”, उहाँले भन्नुभयो, “कुनै दुई वा त्योभन्दा बढी कागजातमा एउटै मसी प्रयोग भएको हो वा फरक मसी भन्ने छुट्याउने काम प्रयोगशालामा हुने गरेको छ ।”

समाजमा अपराधका घटना बढेसँगै यी र यस्ता मुद्दाहरु वैज्ञानिक परीक्षणका लागि अदालतमा आउने क्रम बढेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । अदालतबाट आउने धेरै मुद्दामा चाँडो नतिजा आओस् भन्ने धेरैको अपेक्षा रहेको छ । प्रयोगशालाले एकातिर पहिले आएकाको परीक्षण गरेर नयाँ आएकालाई लाममा राख्ने गरेको उहाँको भनाइ छ । 

त्यस्तै धेरै मुद्दामा आवश्यक कागजात नहुँदा परीक्षण गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यी कुरा आवश्यक छ थप्नुहोस् भन्छौँ तर थप्नमा सम्बन्धित व्यक्तिले चासो देखाएको पाइँदैन ।”

न्यायिक सुधार आयोगको सुझावका आधारमा स्थापना भएको प्रयोगशाला शुरुमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको थियो । झण्डै पाँच वर्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको प्रयोगशाला दुई दशकदेखि स्वायत्त संस्थाका रुपमा रहेको छ । अहिले प्रयोगशाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते