२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

फोनको टावर खोज्दै टेलिकम

२०७७, २६ श्रावण सोमबार ०८:२५

हेमन्त केसी । साउन २६, जाजरकोट । कुशे गाउँपालिका पैँकका महेन्द्र शाही आफ्नो गाउँमा फोन नलाग्दा दैनिक हैरान हुनुहुन्छ । सदरमुकाम बसेर गाउँमा आफन्तसँग मोबाइलमार्फत फोन सम्पर्क गर्न नसक्दा शाहीलाई पीडा थामिनसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मैले तिरेको कर, मैले हालेको भोटको मूल्य म कहिले पाउँछु ?” 

शाहीले आफ्नो गाउँमा फोन नलाग्नु र टावर निर्माण नहुनाका कारण खोज्न एक युवालाई लिएर जाजरकोट नेपाल टेलिकमको कार्यालयमा गएको बताउनुभयो । दुनियाँ इन्टरनेट र प्रविधिको प्रयोगले संसार निहालिरहेको बेला हामी भने फोनका लागि टेलिकम कार्यालयमा धर्ना दिन जानु सानो पीडा नभएको अर्का अमृत गौतमले बताउनुभयो । 

फोनकै समस्याले कुशे गाउँपालिकाको अधिकांश काम अवरुद्ध हुँदै आएको पीडा स्थानीय सरकारसँग पनि छ । “घाम लागे अग्ला डाँडामा गएर लाग्ने फोन घाम नलागे कहाँ हराउँछ थाहा नै हुँदैन”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “गाउँपालिकाभित्रका सबै वडामा सम्पर्क गर्न कम्तीमा तीन दिनभन्दा बढी लाग्छ, कोही दुःखी, बिरामी भएमा सजिलै उद्धार गर्नसमेत समस्या छ ।”

“गाउँमा न फोन लाग्छ, न त सजिलै हिँड्न सक्ने गतिलो सडक नै छ ? प्रभावकारी सञ्चार नहुँदा कैयौँले समयमै उपचार नपाउँदा अकालमै ज्यान जाने गरेको छ”,  कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “दुई हप्ताअघि मेरो वडामा विषालु च्याउ खाएका व्यक्तिसँग सम्पर्क गर्न नसक्दा पाँच जनाले ज्यान गुमाउनुपर्यो । स्याक्रीगाउँमा फोन गर्न ४ घण्टा अग्लो माथि डाँडा जानुपर्छ ।” 

गाउँमा कहाँ के भइरहेको छ भन्ने सूचना पाउन कम्तीमा पनि दुई दिन पर्खनुपर्ने बाध्यता भएको अध्यक्ष नेपालीले पीडा सुनाउनुभयो । त्यस्तै बारेकोट गाउँपालिका रहेको रतनकोटस्थित स्काई प्रविधिको टावरमा पावरको अभावमा घाम लागेमात्र सामान्य टावर आउँछ । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराको पालामा निर्माण गरिएको सो टावरले शुरुका दिनमा राम्रो काम गरे पनि अहिले ‘कभरेज एरिया’ निकै साँघुरो भएको छ । 

गत असार २५ गते पहिरामा परी बारेकोट गाउँपालिकामा १३ जनाको ज्यान गएको र एक हजार २०० भन्दा बढी घर भत्किएको समयमा तीन दिनसम्म फोनको सम्पर्क नहुँदा सङ्घीय सरकार, प्रदेश सरकारका साथै सदरमुकामबाट बारेकोट सम्पर्क गर्न फलामको चिउरा चपाएझैँ भएको थियो । अहिले पनि कुन ठाउँमा कति राहत वितरण भएको छ, कसले कति राहत पायो भन्ने सूचना पाउन मुस्किल भएको छ । वडा कार्यालय, विद्यालयमा जोडिएका इन्टरनेटमार्फत सूचना लिने र दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउनुहुन्छ । 

बर्खायाममा लगातार पानी परिरहेकाले भएका टावरहरु सञ्चालन नहुँदा अहिले जाजरकोटको ४० प्रतिशत भूभागमा मात्र सामान्य सञ्चार सम्पर्क हुने गरेको छ । जिल्लामा निर्माण गर्ने भनिएका सातवटा जिएसएम प्रविधिका नमस्तेको टावर दुई वर्षदेखि निर्माण नहुँदा समस्या भएको हो । भारतीय कम्पनीले टावर निर्माणको जिम्मा लिएर बीचमै छाडेर सम्पर्कमा नआएपछि पूर्ण ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्ने तयारी भएको जाजरकोट टेलिकमले जनाएको छ । टावर निर्माण गर्छु भन्दै तीनपटक सम्म प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा रहेको स्थानीय तहका सबै प्रमुख र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको रोहवरमा कागजसमेत गरेको भारतीय कम्पनी पछिल्लो पटक सम्पर्कमा नआउँदा ठेक्का रद्दतर्फ अगाडि बढेको हो । 

छिमेकी जिल्ला डोल्पामा समेत यही भारतीय कम्पनीले टेलिफोन टावर निर्माणको जिम्मेवारी लिएको कारण अहिलेसम्म टावर निर्माण हुन नसकेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । कर्णाली क्षेत्रका  अधिकांश ठाउँमा टेलिफोन टावरकै समस्या रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते