भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । 

लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । 

लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त श"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्युत लाइन काटिन थालेपछि बक्यौता रकम सङ्कलन

१३ भाद्र २०७३, सोमबार ०९:४५

भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । 

लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त शाखाका लेखा प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो । 

एक हप्तायता रु ३० लाख बक्यौता भएकामा १३० ग्राहकको विद्युत् लाइन काटिएपछि ८१ ग्राहकले बक्यौता रकम बुझाई पुनः बिजुली लाइन जोडेको उहाँले बताउनुभयो । 

प्राधिकरणले ‘मिटर रिडिङ’ भएको मितिले दुई महिनासम्म पनि महसुल नबुझाउनेको बिजुलीको लाइन काटदै आएको छ । प्राधिकरणको धनगढी वितरण केन्द्रअन्तर्गत मात्रै गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल रु १० करोड ३३ लाख ७४ हजार बाँकी बक्यौता पुगेकामा सबैभन्दा बढी सडक बत्तीको रु चार करोड ४९ लाख दुई हजार ३८६।– छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५/६६ सम्मको सडक बत्तीको हिसाब मिलान गरेपनि त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बक्यौता बढेको बताइएको छ । सडक बत्ती पछि व्यापारी वर्ग र उद्योग क्षेत्रको बक्यौता रकम बढी छ । धनगढी वितरण केन्द्रअन्तर्गत लामो समयसम्म महसुल नबुझाएर कालोसूचीमा पर्ने ३७५ ग्राहकको गत आर्थिक वर्षको अन्त्यसम्ममा बक्यौता झन्डै रु ३६ लाख ३७ हजार पुगेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला