२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

पुनः फेसबुक एपमा फर्किँदै मेसेजको इनबक्स, अब मेसेञ्जर एप नभए पनि हुने

२४ फाल्गुन २०७९, बुधबार ०७:१२

फागुन २४, काठमाडौँ | अब फेसबुक एपमै मेसेजको इनबक्स उपलब्ध हुने भएको छ । कम्पनीले एक ब्लगपोस्ट प्रकाशित गर्दै मेसेज इनबक्सलाई पुनः फेसबुक एपमा नै फिर्ता ल्याउने कुराको जानकारी दिएको हो ।

फेसबुकले आफ्नो मुख्य फेसबुक एपबाट मेसेज इनबक्समा पहुँच पाउन सकिने सुविधा सन् २०१६ मा हटाएको थियो । प्रयोगकर्तालाई मेसेञ्जर एप इन्स्टल गर्न लगाउने यो फेसबुकको भद्दा प्रयासको थियो ।

"हामी प्रयोगकर्ताले फेसबुक एपभित्रै मेसेञ्जर इनबक्समा पहुँच पाउन सक्ने सुविधाको परीक्षण गर्दैछौँ र तपाईँहरूले चाँडै यो परीक्षण विस्तार भएको थाहा पाउनु हुनेछ," ब्लगपोस्टमा भनिएको छ ।

यद्यपि प्रयोगकर्ताको चासोलाई सम्बोधन गर्ने उद्देश्यका साथ कम्पनीले यो कार्य गर्न लागेको भने होइन । ब्लग पोस्ट हेर्दा यो प्रयास कन्टेन्ट फेला पार्ने र शेयरिङ गर्ने कार्यमा जोड दिने उद्देश्यका साथ यसो गर्न लागिएको हो ।

जे भए पनि अब यो स्थायी फिचरको रुपमा उपलब्ध हुने आशा गर्न सकिन्छ । अहिलेसम्म मेसेञ्जर एपमा इनबक्स सीमित गर्ने फेसबुकको कार्य फेसबुककै अर्को एप डाउनलोड गर्न लगाउने तुच्छ तरिका लाग्ने गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ