नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि "/>

2026-10-15 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिंजाका कृषक महिलाद्धारा केन्द्रमा लगाइएका कृषि बालिको भम्रण

 

नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि बालिहरुको भम्रण अवलोकन गरेका छन् । 

कृषि अनुसन्धान केन्द्र विजयनगरले आइतबार आयोजना गरेको १ दिने महिला कृषक भ्रमण कार्यक्रमका अवसरमा सिंजाको नराकोट र शनिगाँउ गाविसका कृषक महिलाहरले भम्रण अवलोकन गरेका हुन् । 

भम्रण अवलोकनका क्रममा सहभागि महिलाहरुले केन्द्रमा अनुसन्धानका लागि लगाइएका बालिहरुमध्य विशेष गरी धान र सिमि जातका बालिहरु मन पराएका छन् । धान जातको बालिमा चन्दननाथ १/३ र लेकालि १/३ जातको बालिलाइ खेतिका लागि रुचाएको उनिहरुको भनाइ छ । 

अन्य जातका धान भन्दा चन्दननाथ १÷३ र लेकालि १÷३ जातको धानबालि ब्लाष्ट रोग र  उत्पादनका हिसाबले राम्रो भएको नराकोट १ कि आशा चौलागाँइको भनाइ छ । यस्तै सिमिबालिमा कर्णाली बिन लाइन के.बि.एल २, के.बि.एल ८ र पि.बि ००२ जातको सिमि सिंजामा खेतिका लागि उत्तम भएको भन्दै उत्पादनका हिबाबले पनि अन्य जातभन्दा राम्रो भएको भम्रण अवलोकनका क्रममा सबै सहभागिले बताएका छन् । 

भम्रणमा सहभागि शनिगाँउ १ कि सुनिता धितालले अवलोकनको क्रममा केन्द्रमा अनुसन्धानका लागि लगाइएका सबै बालि राम्रा र गुणस्तरीय देखिएपनि केन्द्रको मापदण्ड र कृषि विज्ञहरुको सल्लाह बमोजिम गाँउमा बालि उत्पादन गर्न चुनौति रहेको बताउनुभयो । 

उहाले भन्नुभयो, गाँउमा पुरानै परम्परा अनुसार खेति प्रणालि गरीन्छ, आधुनिक कृषि खेतिले कृषकलाइ फाइदा भएपनि कृषकले त्यसो गर्ने गरेका छैनन् आधुनिक कृषि प्रणालिले कृषकलाइ फाइदा नै हुन्छ, कृषि विज्ञहरको सल्लाहलाइ अपनाउन जरुरी छ, उहाको भनाइ छ । 

केन्द्र प्रमुख रामचन्द्रीका प्रसादका अनुसार सिंजाको नराकोट र शनिगाँउ गाविसमा स्थानिय स्तरमा बालि अनुसन्धान र बिउ बिज बृद्धि कार्यक्रम संचालन भैरहेको छ । २०१७ को मार्च सम्म संचालन हुने उक्त कार्यक्रम अन्र्तगत बालि अनुसन्धान, बिउ बिज बृद्धि कार्यक्रम, कृषि सम्बन्धी विभिन्न अन्र्तक्रिया, तालिम तथा भम्रणहरु भैरहेका केन्द्र प्रमुख रामचन्द्रीका प्रसादले बताउनुभयो । 

केन्द्रका प्राविधिक अधिकृत पारषमणि महतले हाल अनुसन्धान भैरहका बालि मध्य सिमि जातका बालिमा केहि जातहरु सिफारीस गर्ने क्रममा रहेको बताउनुभयो । स्थानिय कृषकले मन पराएका र जुम्लामा खेतिका लागि योग्य ठानिएका सिमिबालि सिफारिस गरीने उहाको भनाइ छ । 

जिल्लामा एकिकृत बालि पद्धतिका लागि उपयुक्त खेति योग्य जग्गा नभएकाले कृषकलाइ समस्या भएको महतले बताउनुभयो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने