नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको ट"/>

2026-08-29 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानकै घरदैलोमा पुग्यो, “कृषि प्राविधिकको टोली” (फोटो फिचर)


नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको टोलिले जिल्लाका किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइरहेको छ । शुक्रबारबाट शुरु भएको सप्ताह अन्र्तगत शनिबार गज्र्याङकोट ३ का गोपिचन्द्र रावलको स्याउ बगैचामा गएर गाँउका सबै किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइएको हो । सप्ताह अन्र्तगत गज्र्याङकोट ३ अवस्थीत बालपाट कृषक समुहका सबै स्याउ कृषकहरुलाइ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा जानकारी दिइएको छ ।  

यस्तै शुक्रबार चन्दननाथ नगरपालिका ८ का किसान छत्र रावलको बगैंचामा प्रयोगात्मक अभ्यास गराई किसानलाई स्याउ बगैंचाको व्यवस्थापन र विरुवा काँटछाडका बारेमा सिकाईएको थियोे । चन्दननाथ नगरपालिका ८ मा रहेका दिदी बहिनी तरकारी तथा फलफुल समूह र गुरा फलफुल तथा तरकारी खाद्य उत्पादन समूहलाई स्याउ बगैंचा व्यवस्थापन, काँटछाड र बोर्डाे पेष्ट बनाउने तरिका सिकाईएको हो । 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका बरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेल, बाली संरक्षण अधिकृत चन्द्र बुढा र प्राविधिक सहायक लछिराम महतको नेतृत्वमा गएको टोलिले चन्दननाथ नगरपालिका सहित नगरपालिका आसपासका गाविसमा किसानलाइ बगैचा ब्यवस्थापनका बिषयमा प्रशिक्षण दिइरहेको छ । जसमा किसानको बगैंचामा पुगेर सबै स्याउ किसानालाइ बोर्डाे पेष्ट तथा बोर्डाे मिक्चर बनाउने र छर्ने तरीका सिकाईएको छ । स्याउ तथा अन्य फलफुलका बिरुवामा रोगहरुको व्यवस्थापनको लागि बोटको फेद र काटिएको हाँगाहरुमा लगाउन तयार पारिएको निलोतुथो र चुनाको झोललाई बोर्डा पेष्ट भनिन्छ ।

प्राविधिक सहितको टोलि गाँउमै आएर बगैंचा ब्यवस्थापन तथा स्याउका विरुवा काँटछाडका बारेमा जानकारी दिएको भन्दै गज्र्याङकोट ३ अवस्थीत बालपाट कृषक समुहमा आबद्ध कृषकहरुले खुसि व्यक्त गरेका छन् । बगैंचा व्यवस्थापनका बिषयमा गाँउमै जानकारी पाएपछि कृषकहरुले आगामि बर्षमा गुणस्तरीय स्याउ उत्पादन गर्न टेवा पुग्ने विस्वास ब्यक्त गरेका छन् ।   

पौष २२ गते शुक्रबार देखि संचलान भएको सप्ताह पौस २८ गतेसम्म जिल्लाभर संचालन हुने बाली संरक्षण अधिकृत चन्द्र बुढाले बताउनुभयो । सप्ताह अन्र्तगत स्याउ बगैँचा व्यवस्थापनका बारेमा जिल्लाका ४ वटा कृषि सेवा केन्द्र र कार्यालयबाट ७५ वटा घुम्ती तालिम संचालन गरिने उहाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो