२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धानमा आत्मनिर्भर बनाउन बर्दियामा चैते धान खेती

२०७४, ३ बैशाख आईतवार ०७:३६

बैशाख ३, बर्दिया । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ । 

हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरिचन्दनपुरका करिब ६ सय बिघा जमिनमा चैते धान खेती गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमा वार्षिक रु २५ अर्ब बराबरको धान भारतबाट खरिद हुने गरिएको सो कार्यालयको भनाइ छ । 

सरकारले आउँदो दुई वर्षभित्रमा नेपाललाई धानमा आत्मनिर्भर बनाई तीन वर्षपछि निर्यात गर्ने उद्देश्यले तराईका जिल्लामा बृहत्तर धान उत्पादन योजना सुरु गरेको हो । सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चैते धान सुरु गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले बताउनुभयो । हाल सामान्यरुपमा चैते धानमा गवारो किराको प्रकोप देखिए .पनि नियन्त्रणका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । 

सो कार्यालयसँगको समन्वयमा सिसा सिमिट नेपालले किसानलाई आधुनिक उपकरण र इरी नेपालले धानको बीउ उपलब्ध गराएको छ । हाल किसानले हर्दिनाथ १ र चैते २ जातका चैतेधान खेती गरेका छन् । जेठको अन्तिम वा असारको पहिलो हप्ताभित्र चैते धान काटिने र वर्षे धान खेतीमा कुनै असर नपुग्ने भएकाले पनि चैते धान खेतीमा किसानलाई थप फाइदा पुग्ने कृषि प्राविधिक बताउँछन् । 

गत वर्ष दुई बाली मात्र खेती गरेका किसानले यस वर्ष चैते धान खेतीसमेत गरेपछि तीन बाली घरमा भित्र्याउन पाउँदा खुसी भएका छन् । चैते धान खेतीका लागि बाह्रै महिना सिँचाइ सुविधा भएको जमिन चहिने भएकाले राजापुर क्षेत्रमा बृहत्तर धान योजना सुरु गरिएको हो । 

आगामी दिनमा अन्य क्षेत्रमा समेत धान खेती विस्तार गर्दै लैजाने सो कार्यालयको योजना छ । धानलाई आवश्यक पर्ने मलको व्यवस्था भइदिए राम्रो हुने गेरुवा गाउँपालिका–१ जनकनगरका किसान भोगूप्रसाद थारू बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै