२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गानो कुहिने रोगले देशैभरका किसान चिन्तीत

२०७४, १८ भाद्र आईतवार ०५:२१


शंकर केसी/भदौ १८, सल्यान । गानो परिपक्व हुने बेला अदुवामा रोग र किराले आक्रमण गरेपछि किसानहरु चिन्तामा परेका छन् । 

अदुवा खेती हुने नेपालका धेरैजसो स्थानमा अहिले गानो कुहिने रोग र गाने औंशा देखा परेको अदुवाबालि अनुसन्धान कार्यक्रमले जनाएको छ ।

यस वर्ष लगातार परेको वर्षाको कारणले यस्तो समस्या देखीएको अदुवालि अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानका कृषि वैज्ञानीक जनार्जन गौतमले बताए । उनले भने–‘अहिले अदुवाको गानै कुहिने रोगले देशैभरका अदुवा किसान चिन्तित बनेका छन्, समयमै उपचार भएन भने यो रोगले अदुवावालिमा ७५ प्रतिशतसम्म क्षती पु¥याउंछ ।’ 

किट विज्ञ समेत रहेका गौतमका अनुसार सल्यानको धनवाङ, नवलपरासिको देउचुली, पाल्पाको ब¥याङदी, इलामको गोदाव, गुल्मीको थानापतीका साथै कैलाली, सुर्खेत र डोटि सम्मका किसानले गानो कुहिने रोग देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वर्षभरको घरायसी खर्च टार्नका लागी आम्दानी गर्ने किसानहरू यतिबेला निरास बनेका छन् । रोगको प्रकोप देखिएपछि उत्पादन भएको अदुवाले पनि राम्रो भाउ पाउँदैन । रोगको उपचार नभए अदुवाखेती नै मासिएर जाने अवस्थामा रहेको अदुवावालि अनुसन्धान कार्यक्रमले जनाएको छ ।

कसरी गर्ने गानो कुहिने रोगको व्यवस्थापन ?

कृषि वैज्ञानीकहरुका अनुसार यो रोग वीउ गानो तथा माटोको माध्यमवाट सर्ने भएतापनि ६० प्रतिशत संक्रमण विउवाट नै सुरु हुने गर्दछ ।

वायुमण्डलमा प्रसस्त आद्र्रता भएको र २५—३५ डि.से.को तापक्रम, लामो समय सम्म सिमसिमे पानी तथा पानी जमेको अवस्था भएमा यो रोगको लागि अनुकुल वातावरण मिल्न गई पुरै प्लट संक्रमित हुने कृषि वैज्ञानीक जनार्जन गौतमले बताए । उनले भने– ‘प्राय श्रावण भाद्रमा यस्तो वातावरण मिल्न गई यो रोगको प्रकोप ज्यादा देखिन्छ । यो रोग सर्न र फैलन वीउ, माटो वातावरणको महत्वपुर्ण भूमिका रहेको हुन्छ ।’

मुख्य गरी अदुवाको गानो कुहिने रोग लागि सकेपछि नियन्त्रण गर्न धेरै कठिन हुने उनले बताए । ढुसीको जीवाणु माटो वा रोगी गानो, डांठमा २ वर्ष सम्म जीवित रहन सक्ने हुदाँ अनिवार्य वाली चक्र अपनाई ३ वर्षमा एक पटक मात्र अदुवा लगाउने र अदुवा भन्दा अगाडि कोदो वा घ्यूसिमी–तोरी लगाउनुपर्ने गौतमको सुझाव छ । उनले रोग लागेको बोट वरिपरि रातो डोरि बाँधेर खतराको संकेत गरी उक्त ठाउँमा हिडडुल गर्न नहुने र झार गोडमेल पनी गर्न नहुने जनाउँछन् ।

गानो कुहिने रोगको व्यवस्थापनका लागी दुइ दशमलव ५ ग्राम ढुसिनाशक विषादी डाइथीनीयम ४५, १ ग्राम बेबीस्टीन र २ मिलीलीटर मालाथीयनको झोल एक लिटर पानीमा मिसाइ एक बोटमा एक चिया गिलासको दरले रोग लागेको अदुवाको गानो सम्म नै भिज्ने गरि हाल्नुपर्ने सुझाव गौतमले दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ