2026-06-27 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कोदो खेतीमा डोल्पाली कृषकको चासो बढ्दै

2017-10-06

टेक शाही/असोज २०, डोल्पा । डोल्पा जिल्लाको अधिकाँश खेति योग्य भु–भागमा कोदोको खेति गर्ने गरिन्छ । 

खेती गर्न सजिलो र सुत्केरि आमाको लागि नभइ नहुने अन्नका रुपमा कोदोको खेती गरिने जगदुल्ला गाँउपालिका ३ कि हस्तरुपा लामाले बताइन । उनका अनुसार गाँउघरमा एक महलिा सुत्केरि भएको बेलामा कोदोको ढिडो दिएमा रगदको मात्रा बढ्दै जाने र सुत्केरि आमा तन्दुरुष्त हुने बताइन । 


डोल्पाका मुड्केचुला गाँउपालिका,जगदुल्ला गाउँपालिका,त्रिपूरा सुन्दरी नगरपालिका,ठुलीभेरि नगरपालिका र काइके गााउपालिका सबै बस्तिहरुमा  कोदोको खेति गरिन्छ । कृषकलाइ खेति गर्नमा सबै भन्दा सजिलो हुने अन्नबालिको रुपमा कोदोलाइ लिने गरेको कृषक कर्ण प्रसाद थापाले बताए । उनले भने देबि देवताको मन्दीरमा बाहेक अन्य सबै क्षेत्रमा कोदोको प्रयोग गरिन्छ भने । 

तेलको मात्रा नहुने भएकोले कोदोको बालिलाइ हिन्दु धर्म अनुसार अपबित्र अन्नको रुपमा मान्ने गरेको मनसा बोहोराले जानकारि दिए । उनका अनुसार धार्मिका काम बाहेक अन्य सबै अबस्थामा कोदोको पिठो प्रयोग हुने बताए । 

धार्मिक रुपमा अपवित्र मानिए पनि सुत्केरि महिलाको लागि कोदो अति महत्वपूर्ण भएको महिला स्वास्थ्य स्वयम सेबिका आसा बोहोराले बताइन । आसाका अनुसार सुत्केरि महिलाइ ढिडो बनाएर दिएमा रगदको मात्रा बढने र सत्करि अबस्थामा बगेको रगतको परिपुर्ति हुने स्थानियहरुको बिश्वास रहेको बताइन । 

जिल्लाको अधिकाँश खेति योग्य जमिनमा लागइने कोदो कृषकले बिक्रि पनि गर्दछन । पाथि वा जगमा कृषकले ब्यापारिलाइ बिक्रि गर्ने गरेका छन । कोदोको तुम्बा,जाँड र रक्सी बनाउनका लागि माथिल्लो डोल्पा लगायत बिभिन्न होटेल ब्यावसायिले किन्ने गरेको लाल बहादुर बुढाले जानकारि दिए । 


कोदोको तुम्बा र रक्सी औषधिको रुपमा प्रयोग गर्ने गरेको स्थानियहरु बताउछन । घरेलु मदिराको रुपमा बनाइने कोदोको रक्सी र तुम्बा महगोमा बिक्री हुने गरेको स्थानिय शान्ता रोकायाले बताइन । 

काचो दानाबाट पनि आम्दानी हुने र तुम्बा, रक्सी पनि बिक्रि गरेर आम्दानीको स्रोत बनाएको शान्ताले बताइन । बिहे लगायत शुभ कार्यमा कोदोको तुम्बा र रक्सीले सम्मान गर्ने गरिन्छ जस्ले गर्दा हरेक शुभ कार्य सफल र राम्रो भएको मान्ने प्रचलन रहेको छ । कोदोको बालिबाट धेरै नै आम्दानी हुने भएकोले पनि पछिल्लो समय डोल्पामा यस्को खेति बढ्दै गएको अगुवा कृषकहरु बताउछन । 

धेरै बर्ष सम्म भण्डारण गर्नलाइ कुनै समस्या नहुने र अन्य कुनै पनि किरा तथा रोगको समस्या नहुने भएकोले कोदोको खेतिमा कृषक आकर्षित भएको स्थानिय कृषकको दावि छ । गाँउघरमा कोदो बिशेष गरि सुत्केरि आमाको लागि सुत्केरी सम्मानीत खाना भनेर दिने प्रचलन रहेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी