2026-10-15 01:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ । 

हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ । 

हिजो विहान २ बजेदेखि हिमपात शुरु भएको र आज शिवरात्रि परेकाले सरकारी तथा गैरसरकारी निकायद्वारा प्रवाह गरिने सेवाबाट सेवाग्राहीलाई मर्का नपर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । 

प्रजिअ पौडेलका अनुसार सदरमुकाम जुम्ला खलंगामा आधा फिट हिउँ परेको छ । हिमपातले बेँसीमा भन्दा उच्च भेकका बासिन्दाको जनजीवन बढी कष्टकर भएको उहाँको भनाइ छ । उहाँले आज परेको हिन्दूहरुको पर्व शिवरात्रि भने जुम्लामा हिमपातमय हुने जनाउनुभयो । यता हावापानी फिल्ड कार्यालय, जुम्लाले आज बिहानको तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड रहेको जनाएको छ । 

लामो समयदेखि हिउँ नपर्दा भोकमरी हुने कुराले चिन्तित किसानलाई भने यो पटकको हिमपातले राहत पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो हिउँले नयाँ स्याउ रोप्न र हिउँपोखरी निर्माण गर्न किसानलाई सहयोग पुग्नेछ । सिँचाइ कम भएको जग्गा र स्याउका लागि आवश्यक न्यूनतम तापक्रम पुगेको छ । 

हिमपात भएपछि अब सहकाल लाग्ने स्थानीय वीरबहादुर सिंहले बताउनुभयो । हाम्रा पालामा पर्ने जतिको हिउँ अहिले परेको देखिँदैन, विस्तारै खडेरी बढ्न थालेको छ, खोलानाला सुक्दै गएका छन्, उहाँले भन्नुभयो । उहाँका अनुसार हिउँ पर्नुलाई कष्टकर जीवन मान्नेभन्दा भोकमारी, रोगब्याधि हटाउने सहकाल मानिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित