2026-09-03 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डोल्पामा भारि हिमपात कृषकका लागि राम्रो तर जनजिवन प्रभाबित (फोटोफिचर)

टेकबहादुर शाही | फागुन १, डोल्पा | सोमबार राति डोल्पामा भारि हिमपात भएको छ भारि हिमपात सगै जिल्लाको सबै जसो क्षेत्र पूरै हिमपातले प्रभाबित भएको छ । हिमपात पछि चिसोले न्यूनतम तापक्रम माइनस १० पुगेको छ । डोल्पामो सदरमुकाम दुनैमा ३ ईन्च सम्म हिउ जमेको थियो भने माथिल्लो डोल्पामा करिव साढे एक फिट वरावर जमेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ ।

सोमबार राति परेको हिउ तल्लो डोल्पामा एक साता सम्म रहने र माथिल्लो डोल्पामा महिनौ सम्म पनि जमेरै रहने हुनमान स्थानीयहरुको छ । भारि हिमपात पछि माथिल्लो डोल्पामा आउजाउ गर्न पूरै ठप्प भएको छ । हिमपात पछि डोल्पा जिल्लाका हिमाल तथा अग्ला पहाडहरु पूरै सेताम्मे भएका छन । 

यस बर्ष पहिलो पटक सदरमुकाम सम्म हिउ जमे पछि सानासाना बालबालिका देखि बृद्ध सम्मले हिउ खेलेर रमाइलो गरे भने हिउमा खेलेर रमाइलो गरेको दृष्य दर्जानौ ठाउमा देखिन्थे । यस वर्स पहिलो पटक सबै क्षेत्रमा हिउ परे पछि कृषकहरु रमाएका छन । खेति गर्ने समय आउन लागेको बेलामा हिउ पर्दा खेति गर्न सहज हुने भन्दै कृषकहरु अझै पनि हिउ परे राम्रो हुने बताउछन ।

खेतिको लागि राम्रो हुने भन्दै कृषकहरु भने उत्तसाहित भएका छन । यति बेला परेको हिउ र पानिले कृषकका लागि मलको रुपमा काम गर्ने भन्दै निकै राम्रो लक्षण भएको ठुलीभेरि नगरपालिकाका कृषक कमल बहादुर क्षेत्रिले बताए । उनले भने हिमपातले कृषकलाइ राहत दिन्छ किनकी डोल्पाको जमिन सुख्खा छ यसले ओसिलो बनाउछ । 

भारि हिमपातले माथिल्लो डोल्पाका स्थानीयको जनजिवन पूरै प्रभाबित भएको छ । सबै क्षेत्रमा एक फिट भन्दा धेरै हिउ जमेको छ घरबाट बाहिर निष्कन सम्म कठिन अवस्था रहेको छ । हिमपात पछि हिउ पहिरोले चौरि,घोडा च्याङग्रा पहिरोले लगि दिने हुदा माथिल्लो डोल्पामा स्थानीयका लागि हिमपात निकै भारि पर्ने गर्दछ ।

एक साता देखि वादल लागेर चिसो बढेपछि सोमबार राति जिल्ला भर हिमपात भएको हो । हिमपात पछि धुलो र अन्य बिभिन्न कारणबाट लाग्ने सरुवा रोगहरु भने नियन्त्रण आउने चिकित्सकहरुले बताएका छन । हिमपात पछि चिसो झनै बढ्ने भएको कारण बृद्ध र वालवालिकाहरुलाइ न्यानो गरेर बस्नका साथै सबैलाइ चिसोको बेलामा झोलिलो खानेकुरा खाएर बस्न पनि चिकित्सकको सल्हा छ । 

हिमपात भए पछि शिव रात्री समेत खल्लो भएको देखिन्छ । शिवरात्रीका दिन मन्दीरमा भक्तजनको घुईचो हुनु पर्नेमा मन्दीर पूरै खालि रहेका छन भने डाडा डाडामा हिउ खेल्नेहरुको समूह रहेको पाइन्छ । अन्य बर्षका तुलनामा जिल्लामा रहेका शिब मन्दिरहरुमा भत्तजनहरुको भिड भने थिएन ।

तस्वीरमा: हिमपात पछि मँगलबार बिहान डोल्पाको सदुमुकाम दुनै बजार । साथै हिमपात पछि दुनैमा साना वालवालिकाले हिउका मान्छे बनाएको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही