2026-10-29 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डोल्पामा भारि हिमपात कृषकका लागि राम्रो तर जनजिवन प्रभाबित (फोटोफिचर)

टेकबहादुर शाही | फागुन १, डोल्पा | सोमबार राति डोल्पामा भारि हिमपात भएको छ भारि हिमपात सगै जिल्लाको सबै जसो क्षेत्र पूरै हिमपातले प्रभाबित भएको छ । हिमपात पछि चिसोले न्यूनतम तापक्रम माइनस १० पुगेको छ । डोल्पामो सदरमुकाम दुनैमा ३ ईन्च सम्म हिउ जमेको थियो भने माथिल्लो डोल्पामा करिव साढे एक फिट वरावर जमेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ ।

सोमबार राति परेको हिउ तल्लो डोल्पामा एक साता सम्म रहने र माथिल्लो डोल्पामा महिनौ सम्म पनि जमेरै रहने हुनमान स्थानीयहरुको छ । भारि हिमपात पछि माथिल्लो डोल्पामा आउजाउ गर्न पूरै ठप्प भएको छ । हिमपात पछि डोल्पा जिल्लाका हिमाल तथा अग्ला पहाडहरु पूरै सेताम्मे भएका छन । 

यस बर्ष पहिलो पटक सदरमुकाम सम्म हिउ जमे पछि सानासाना बालबालिका देखि बृद्ध सम्मले हिउ खेलेर रमाइलो गरे भने हिउमा खेलेर रमाइलो गरेको दृष्य दर्जानौ ठाउमा देखिन्थे । यस वर्स पहिलो पटक सबै क्षेत्रमा हिउ परे पछि कृषकहरु रमाएका छन । खेति गर्ने समय आउन लागेको बेलामा हिउ पर्दा खेति गर्न सहज हुने भन्दै कृषकहरु अझै पनि हिउ परे राम्रो हुने बताउछन ।

खेतिको लागि राम्रो हुने भन्दै कृषकहरु भने उत्तसाहित भएका छन । यति बेला परेको हिउ र पानिले कृषकका लागि मलको रुपमा काम गर्ने भन्दै निकै राम्रो लक्षण भएको ठुलीभेरि नगरपालिकाका कृषक कमल बहादुर क्षेत्रिले बताए । उनले भने हिमपातले कृषकलाइ राहत दिन्छ किनकी डोल्पाको जमिन सुख्खा छ यसले ओसिलो बनाउछ । 

भारि हिमपातले माथिल्लो डोल्पाका स्थानीयको जनजिवन पूरै प्रभाबित भएको छ । सबै क्षेत्रमा एक फिट भन्दा धेरै हिउ जमेको छ घरबाट बाहिर निष्कन सम्म कठिन अवस्था रहेको छ । हिमपात पछि हिउ पहिरोले चौरि,घोडा च्याङग्रा पहिरोले लगि दिने हुदा माथिल्लो डोल्पामा स्थानीयका लागि हिमपात निकै भारि पर्ने गर्दछ ।

एक साता देखि वादल लागेर चिसो बढेपछि सोमबार राति जिल्ला भर हिमपात भएको हो । हिमपात पछि धुलो र अन्य बिभिन्न कारणबाट लाग्ने सरुवा रोगहरु भने नियन्त्रण आउने चिकित्सकहरुले बताएका छन । हिमपात पछि चिसो झनै बढ्ने भएको कारण बृद्ध र वालवालिकाहरुलाइ न्यानो गरेर बस्नका साथै सबैलाइ चिसोको बेलामा झोलिलो खानेकुरा खाएर बस्न पनि चिकित्सकको सल्हा छ । 

हिमपात भए पछि शिव रात्री समेत खल्लो भएको देखिन्छ । शिवरात्रीका दिन मन्दीरमा भक्तजनको घुईचो हुनु पर्नेमा मन्दीर पूरै खालि रहेका छन भने डाडा डाडामा हिउ खेल्नेहरुको समूह रहेको पाइन्छ । अन्य बर्षका तुलनामा जिल्लामा रहेका शिब मन्दिरहरुमा भत्तजनहरुको भिड भने थिएन ।

तस्वीरमा: हिमपात पछि मँगलबार बिहान डोल्पाको सदुमुकाम दुनै बजार । साथै हिमपात पछि दुनैमा साना वालवालिकाले हिउका मान्छे बनाएको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम