Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ ०१ गते, अपराह्न ३:५० बजे कृषि गतिबिधी, जुम्ला - JML

जुम्लाका सरोकारवालाद्धारा विषादी रहित अर्गानिक उत्पादनमा जोड

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लाका सरोकारवाला निकायले विषादी रहित अर्गानिक कृषि उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अर्गानिक जिल्लाको रुपमा परिचित जुम्लामा उत्पादन हुने सबै प्रकारका अर्गानिक बालिहरु बिषाधि रहित उत्पादन गर्नुपर्ने उनिहरुको भनाइ छ ।

जिल्लामा उत्पादन हुने स्थानिय बालिमा लुकिछिपि बढ्दो बिषाधि प्रयोग र आयातित बिषधि युक्त तरकारी, फलफुल, माछामासु तथा अन्नबालिहरुले रोगको संक्रमण बढ्नसक्ने भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका छन् ।

कर्णाली खाद्य तथा कृषि सरोकार समुह जुम्लाको सम्पन्न भएको बैठकका सहभागिले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । उनिहरुले जिल्लामा उत्पादन हुने हरेक अर्गानिक बस्तुको उत्पादनमा बृद्धि गरी बजारको माग पुर्ति गर्न सबै निकाय लागिपर्नु पर्ने बताएका छन् ।

जिल्लामा आयातित कृषि  तथा खाद्य सामाग्रिहरु बिषाधियुक्त रहेको भन्दै जिल्लामा उत्पादन हुने कृषि उपज बिषाधि रहित उत्पादन गरी स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बैठकका सहभागिको सुझाब छ । बैठकमा बोल्दै कर्णाली खाद्य तथा कृषि सरोकार समुहका संयोजक धनबहादुर गौतमले जिल्लामा उत्पादन हुने स्थानिय बालि लोप हुदै जानु र बिषाधि प्रयोगले अर्गानिक जिल्लाको बदनाम हुदै गएको तर्क गरे ।

‘अर्गानिक जिल्ला घोषणामा मात्र सिमित छ, यसका मापदण्ड कार्यान्वयनमा छैनन् । नियमन निकायले प्रभावकारी भुमिका खेल्नुपर्छ’ उनले भने, ‘देशभर अर्गानिक कृषि उपजको माग बढिरहेका बेला यँहा उत्पादित कृषि उपजमा लुकिछिपि रसायान प्रयोग बढ्दै गएको छ । यसले मानव र पशुपंक्षी सबैको स्वास्थ्यमा दिर्घकालिन असर पर्छ ।’

बैठकमा सहभागि सरोकारवाला निकायहरुले बजारमा पाईने कृषि उपजहरु बिषाधि मुक्त छन् या छैनन्, भनेर छुट्याउने कुनै मापदण्ड नभएकाले अस्वस्थ खानपान शैलि बढिरहेको बताएका थिए । बैठकमा कृषि अभियान्ता कृष्ण पौडेलले जुम्लाको अर्गानिक कृषि बालि उत्पादनमा जोड दिनसके कृषकको जिविकोपार्जन मात्र नभई आर्थिक समृद्धिको माध्ययम बन्ने बताए । ‘यँहाको अर्गानिक कृषि उत्पादनको विश्व बजारमा माग छ । उत्पादन बृद्धि गर्न कृषक र स्थानिय तहले जोड दिनुपर्छ । ब्यवसायीक कृषि उत्पादनमा जोड दिनसके युवाहरु विदेशिनु पर्दैन, उनले भने ।’

यहाँको स्थानिय रैथानेबालि खानको लागि मात्र नभई औषधिको रुपमा पनि प्रयोग भैरहेको उनको भनाई छ । बिषधियुक्त खानेकुराले मानिसहरुमा मधुमेह, क्यान्सर, उच्च रत्तचाप लगाएतका विभिन्न रोगको समस्या देखिएकाले बिषधि रहित कृषि उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।