Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन १३ गते, दिउँसो १:४२ बजे काठमाडौँ - KTM, कृषि गतिबिधी, सल्यान - SLN

सल्यानमै पहिलो पटक तरकारिमा ‘थ्रीजी’ प्रविधि, दोब्बर उत्पादन

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

शंकर के सी | साउन १३, सल्यान | नेपालमा विभिन्न किसिमको तरकारि खेती हुँदै आएको छ । घरेलु स्तरमा थोरै लागतमा हुने करेसाबारिमा तरकारि खेती देखि लिएर ठूलो लगानी लगाएर व्यवशायीक तरकारि खेती समेत यहाँ हुने गरेको छ । तरकारि तथा फलफुल खेतीले चिनीएको सल्यान जिल्लामा पनि व्यापक रुपमा तरकारि खेती हुने गरेको छ । गाउँगाउँमा मोटरबाटो तथा तरकारि बजार लाग्ने भएकाले पछिल्लो समय यहाँका किसानले व्यवशायीक तरकारि खेतीलाइ अंगालेका छन् ।

तरकारी खेती र यसको व्यापारको ठूलो संभावना देखिएको छ । त्यसैले अब धेरैभन्दा धेरै किसानहरु व्यवसायिक तरकारी खेती तर्फ लाग्नु पर्दछ । र लागेका छन् पनि । विदेशमा हण्डर खाएर फर्केका जाँगरिला केही युवाहरु व्यवसायिक तरकारी खेतीतर्फ लागेका छन् । नेपालको कृषि क्षेत्रको उन्नतिका लागि यो सकारात्मक सन्देश हो । यस्तै विदेश नगएकाहरु पनि नयाँ नयाँ प्रविधि अपनाउँदै तरकारि खेतीमा तल्लीन छन् ।

यहि मेसोमा सल्यानमा नयाँ प्रविधि अपनाएर तरकारि खेती गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा थ्रीजी (घन्) प्रविधि अपनाएर लौका खेती गरिएको हो । सिद्धकुमाखको ढोरचौरका किसान कुलाराम रेउलेले गाउँपालिकामा रहेको कृषि शाखाको सहयोगमा यो प्रविधि अवलम्बन गरि तरकारि खेती गरेका हुन् ।

लागत कम र उत्पादन धेरै गर्ने लक्ष्यका साथ यो प्रविधि अपनाएका कृषक कुलाराम भन्छन्, ‘थ्रीजी प्रविधिबाट लौका खेती गर्दा त अरु तरिका भन्दा दोब्बर उत्पादन हुने रहेछ ।’ तरकारि खेतीबाटै मनग्य आम्दानी लिइरहेका उनले लौकाको लहराको मुन्टा काटेर धेरै फल पाउन सकिने यो प्रविधि गज्जव लागेको बताए ।

१५ करोड रुपैयाँ भन्दा बढिको तरकारि जिल्ला वाहिर पठाइरहेको सल्यानले पछिल्लो समय तरकारिको उत्पादन बढाइरहेको त छ नै । साथमा नयाँ नयाँ तरिकाहरु सिकाउँदै जाँगरिला किसानहरु पनि उत्पादन गर्दै आइरहेको छ । जिल्लामै नौलो मानिएको थ्रीजी÷फोर जी प्रविधिले बढि भन्दा बढि लाभ प्रदान गरेपछि ढोरचौरका किसान कुलारामले प्रविधिलाइ प्रयोग गरेर खेती गरेमा सफल बनिने धारणा राख्छन् । उनले भने, ‘सुरुमा त लौकाको मन्टा काटेर पनि कसरि फल लाग्ला जस्तो हुन्थ्यो । अहिले त दोब्बर उत्पादन भएपछि यहि प्रविधि गज्जव लाग्यो ।’

थ्रीजी प्रविधिबाट कसरि गर्ने तरकारि खेती ?

लौकाको फुल फुल्नु अगाडी नै मुख्य लहराको मुन्टा काटिदिने प्रविधि नै थ्रीजी वा फोरजी प्रविधि हो । सिद्धकुमाख गाउँपालिका कृषि शाखाका प्रमुख भिमसेन विक भन्छन्, ‘यस प्रविधीमा लौकाको फुल फुल्नु अगावै यसको मुख्य लहरा १० देखि १२ पातको भएपछि मुन्टा काटिदिनु पर्छ ।’ गाउँपालिकाभरि नै यस प्रविधिलाइ विस्तार गर्ने योजना रहेको सुनाउँदै विकले थ्रीजी तथा फोरजी प्रविधि लहरे तरकारी वालिहरू काक्रो, करेला, घिरौला र भाण्टामा पनि अपनाउन सकिने बताए ।

लौकाको लहराको मुन्टा हटाइसकेपछि तलवाट निस्केका शाखा हाँगाहरू मध्य दुइ वटा जति पाल्ने र वाँकी सवै हाँगाहरू हटाउनु पर्ने विकले बताए । ‘यसरी पालेका हाँगाहरू दोस्रो पुस्ता हुन्,’ उनले भने । यी दोस्रो पुस्ताको हाँगारूमा भाले फुलहरू धेरै हुने भएको हुनाले फेरि १० देखि १२ पात भएपछी लहराको मुन्टा कटिङ गरेर हटाउने र यसरी मुन्टा हटाइसकेपछि फेरि अरु हाँगाहरु आउने उनले बताए । विकका अनुसार यी पछि आउने हाँगाहरू तेस्रो पुस्ताका हुन् ।  र यसलाइ नै थ्रीजी (थर्ड जेनेरेशन) प्रविधि भनिन्छ ।

‘यी तेस्रो पुस्ताका हाँगामा माउ फुल धेरै हुने हुँदा प्रत्येक आँख्लाहरूमा फल लाग्छ र सामान्य प्रविधिमा भन्दा दोब्बर उत्पादन लिन सकिन्छ,’ कृषि शाखा प्रमुख विकले भने । यसरी फेरि तेश्रो पुस्ताका हाँगालाइ पनि त्यसरी नै १० देखि १२ पात पुगेपछि मुना हटाउने हो भने आउने हाँगाहरू चौथो पुस्ताका हुन् । यसलाइ फोरजी कटिङ प्रविधि भनिने उनले बताए । ‘यि हाँगाहरूको प्रत्येक आँख्लाहरूमा २ वटा फल लाग्छ र उत्पादन तेब्बर वढी लिन सकिन्छ,’ उनले अघि भने, ‘यो प्रविधी अपनाउन सकेमा उहि लागतमा उत्पादन दोब्बर बढाउन सकिन्छ ।’

सल्यानमा काउली, मूला, गाजर, बन्दा, गोलभेडा, भेडेखुर्सानी, स्कुस, काँक्रो, अदुवा, लसुन आदि धेरै तरकारी र मसला बालीहरु लगाउन सकिन्छ । यस क्षेत्रमा व्यापक मौसमी विविधता रहने भएकोले व्यवसायिक तरकारी खेतीको लागि ज्यादै उपयुक्त स्थान हो । यस क्षेत्रमा समय मिलाएर सबै प्रकारको तरकारी खेती गर्न सकिन्छ । बेमौसमी तरकारी खेतीका लागि पनि यो क्षेत्र सबैभन्दा उपयुक्त छ । र थ्रीजी तथा फोरजी प्रविधि जस्तै नयाँ नयाँ तरिकाहरुबाट तरकारि र फलफुल खेती गरेमा किसानको आर्थीक अवस्था निकै माथी उठ्ने सम्भावना छ । यसमा यहाँका स्थानीय सरकारको पनि योजना र लगानी हुन आवश्यक देखिन्छ । तरकारि खेतीलाइ व्यवस्थीत र व्यवशायीक बनाउन सकेमा मात्रै पनि यहाँका स्थानीय तहहरु समृद्धितर्फ अगाडी बढ्नलाइ ठूलो सहयोग पुग्नेछ ।