२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गहुँ छर्ने बेला रासायनिक मल अभावले किसानले चर्को मूल्य तिर्न बाध्य

२ मंसिर २०७५, आईतवार ११:४१

मङ्सिर २,कञ्चनपुर। (रासस) । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । 

अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नु परेको छ । वेदकोट नगरपालिकाका किसान मङ्गुलाल चौधरीले अनुदानको मल नपाउदा भारतीय मल राखेर गहुँ छरेको बताउनुभयो । 

स्थानीय एग्रोभेट पसलबाट खरीद गरेको भारतीय मल गुणस्तरीय भए÷नभएको जानकारी छैन उहाँले भन्नुभयो, “रु ६० प्रतिकिलोका दरले खरीद गरेर छरेका छौं । मलले काम गर्छ वा गर्दैन जानकारी छैन ।” पसल सञ्चालकको विश्वासमा मल खेतमा छरेको उहाँले बताउनुभयो । शुक्लाफाँटाको पिपलाडीका किसान माघु राम चौधरीले मल नपाउँदा खेतमा गहुँ छर्न नसकेको बताउनुभयो । “अनुदानको मल त पाएनौँ”, उहाँले भन्नुभयो, “भारतीय मलसमेत नपाउँदा खेतमा गहुँ छर्न सकिएको छैन ।” 

कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल ६५० मेट्रिक टन मात्रै आपूर्ति गरेको छ । किसानको माग त्योभन्दा दोब्बर छ संस्थानका निमित्त कार्यालय प्रमुख बबिता उपाध्यायले भन्नुभयो, “ढुवानीको समस्याले मागअनुरुप आपूर्ति हुन सकेको छैन । अझै माग अनुरुपको मल उपलव्ध गराउनका लागि भैरहवास्थित कार्यालयलाई लेखिपठाएका छौँ ।” गहुँबालीका लागि चाहिने किसानको मागअनुरुपको युरिया मलसमेत संस्थान किसानलाई उपलब्ध गराउन सकेको छैन । किसानलाई गहुँबालीका लागि दुई हजार मेट्रिक टन युरिया मल आवश्यक पर्दछ । संस्थानले ६०० मेट्रिक टन युरिया मल मात्रै आपूर्ति गर्न सकेको छ । 

केन्द्रीय कार्यालयलाई किसानको मागअनुरुपको मल आपूर्तिका लागि लेखिपठाए पनि थोरै मात्रै मल आउँदा पु¥याउन हम्मेहम्मे परेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । संस्थानले यहाँ रहेका १३० सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ । 

अनुदानको मल पाएका केही सहकारी पसल सञ्चालकले भारतीय मलझै गरी चर्को मूल्यमा मल बिक्री गर्दा किसान मार्कामा परेका छन् । ढुवानी भाडा भन्दै आपूmखुशी सहकारीले रासायनिक मलको मूल्य तोकेर बिक्री गर्दै आएको किसानको गुनासो छ । अनुदानको मल किसानलाई सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने अधिकृत उपाध्ययले भन्नुभयो, “चर्को मूल्य तोकेर मल बिक्री गरिएको पाइए कार्वाही हुन्छ । त्यसका लागि नगरपालिका र गाउँपालिका कार्यालयले अनुगमन गरी मूल्य नियन्त्रण गर्नुपर्दछ ।” 

लालपुर्जाका आधारमा समेत व्यक्तिगतरुपमा किसानलाई संस्थानले मल उपलब्ध गराउने व्यवस्थासमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य