२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला बारीमा पुगे गण्डकी प्रदेशका कृषिमन्त्री थापा

५ पुष २०७५, बिहीबार ०६:२६

 पुस ५, स्याङ्जा  (रासस) | गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । 

रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू कृषकका समस्या बुझ्नका लागि सुन्तला बारी खाल्टेमा आएको बताउनुभयो । 

मन्त्रालयले वालिङ नगरपालिका–४ सुन्तला बारी खाल्टेमा बुधबार आयोजना गरेको कृषकसँग मन्त्री कार्यक्रममा मन्त्री थापाले किसानका समस्या नजीकबाट बुझ्ने र उनीहरुका समस्या समाधान गर्ने उद्देश्यले मन्त्रालयले कृषकसँग मन्त्री कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । मन्त्री थापाले किसानलाई हावापानी सुहाउँदो व्यावसायिक खेतीमा लागेको खण्डमा राम्रो उत्पादन गर्न सकिने र किसानलाई आफ्नो व्यवसायमा स्थापित हुन सहज हुने बताउनुभयो । 

‘एक स्थानीय तह एक वातावरणमैत्री गाउँ’ बनाउने योजनामा मन्त्रालयले तयारी गरेको बताउँदै मन्त्री थापाले एक पालिका एक हाट बजार, एक वडा एक कृषि उपज सङ्कलन केन्द्र र एक तह एक कोल्ड स्टोर बनाउने योजना मन्त्रालयले बनाएको बताउनुभयो । प्रदेशले राम्दी र मुग्लिनमा क्वारेनटाइन चेकपोष्ट बनाउने तायरी गरको बताउँदै यसले अस्वस्थ्य तरकारी माछा मासु तथा पशुपक्षी आयात रोकिने मन्त्री थापाको भनाइ रहेको छ । 

किसानका समस्या र आवश्यकताको पहिचान गरी योजना बनाउने उद्देश्यले कृषकसँग कृषिमन्त्री कार्यक्रम सञ्चालन गरिएको मन्त्रलायका सचिव शरदचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले कृषि तथा पशुपक्षीको सम्भावना भएका क्षेत्रको पहिचान गरी मन्त्रालयले पाँचौँ कार्यक्रमका रुपमा सुन्तला बारी खाल्टेमा कृषकसँग अन्तरक्रिया गरिएको बताउनुभयो । 

सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले आफूहरुले उत्पादन गरेका सुन्तला र तरकारीले बजार नपाएको गुनासो गर्नुभयो । खाल्टेमा सिँचाइको समस्या, सुन्तला खेतीमा लागेको रोग नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । एक हजार २०० मिटरको उचाइमा रहेको सुन्तला बारी खाल्टेमा गत आवमा २३ लाखको सुन्तला बेचेको र यस आवमा ५६ लाखको उत्पादन र पाँच वर्षभित्र डेढ करोड मूल्य बराबरको आम्दानी गर्ने लक्ष्य रहेको गुरुङले बताउनुभयो । 

कार्यक्रममा किसानले चितुवा, दुम्सी, बाँदर, मृगलगायत वन्यजन्तुले खेतीपाती तथा तरकारी खेतीमा क्षति पु¥याएकाले यसको नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए । वालिङ नगरपालिकाका प्रमुख दिपीप्रताप खाँणले नगरपालिकाले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि यन्त्रको विकास गरिरहेको र त्यस यन्त्रलाई वन्यजन्तुको प्रभाव भएका ठाउँमा राखेर किसानका उत्पादनलाई सुरक्षित गरिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान