2026-07-25 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नक्कली किसानको अन्त्य गर्नुपर्छ : कृषिमन्त्री

असार २३,  पोखरा | गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ । 

बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । 

सक्कली किसानको भ्रम फैलाएर नक्कली किसानले राज्यबाट सेवासुविधाहरु लिइरहेको बताउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्था आगामी दिनमा पनि कायम रहिरहे राज्यलाई ठूलो नोक्सान हुन्छ ।”वितरण गरिएको उपकरणले पशुबाट मान्छेमा सर्ने ७३ प्रतिशत रोगहरुमा कमी आउने उहाँले बताउनुभयो । 

धनजनको क्षति हुनबाट बच्न सकिने हुँदा आधुनिक उपकरणहरु उपयुक्त हुने बताउँदै उहाँले प्राविधिकहरुलाई किसानको आवश्यकतालाई मध्यनगर गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो  । 

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आयातीत वस्तुहरुलाई प्रतिस्थापित गर्न सकिएमा नेपालको समृद्धि हुने बताउनुभयो । कृषि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुुनुपर्ने उहाँको भनाइ छ । 

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोगमा टुल बक्स, पोर्सप, कैञ्ची, माइक्रोसप, सेन्ट्रिफ्युजलगायतका आवश्यक उपकरणहरु वितरण गरिएको  भेटेरिनरी अस्पताल लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार लमजुङका २४ र मनाङका ६ जना भेटेरिनरी प्राविधिकहरुलाई उक्त उपकरण वितरण गरिएको छ । उनीहरुलाई वितरण गरिएको ३० वटा उपकरण रु ११ लाख ७५ हजार बराबरको सामग्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक