२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्याङ्जामा गाई संरक्षण गर्न गौशाला सञ्चालन

२०७६, २१ असार शनिबार ०२:२६

असार २१, स्याङ्जा | जिल्लाको भिरकोट नगरपालिकाले राष्ट्रिय जनावर गाई संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रभित्र छाडा अवस्थामा रहेका गाईको संरक्षणका लागि वडा नं ४ दभुङमा १५ वर्षका लागि जग्गा भाडामा लिएर गौशाला सञ्चालन गरेको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

“नेपालको राष्ट्रिय जनावरका रुपमा चित्रित गाईलाई आफ्नो परम्पराअनुसार पुज्ने गरिन्थ्यो”, नगर प्रमुख खनालले भन्नुभयो, “तर पछिल्लो समय त्यही गाईको हेला भएको छ ।” राष्ट्रिय जनावरका रुपमा रहेको गाईको संरक्षण गर्ने र शहर बजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्नका लागि गौशाला सञ्चालन गरिएको नगर प्रमुख खनालको भनाइ छ ।  

स्थानीय नवदत्त ढुङ्गानाको नाममा रहेको दुई रोपनी जग्गामा अहिले गौशाला निर्माण भएको छ भने गाईका लागि आवश्यक घाँसपात गर्न झण्डै ३० रोपनी जग्गा पनि निःशुल्क लिजमा लिइएको छ । 

भिरकोट नगरपालिकाभित्रका बजार क्षेत्रमा छोडुवा गाईको कारणबाट हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि गौशाला निर्माण गरी गाईपालनलाई व्यवस्थित गरिएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो ।

नगरपालिकाले हाललाई ५० वटा क्षमताको गौशाला सञ्चालन गरेको छ । 

“गौशाला सञ्चालनमा आएसँगै अब छोडुवा गाईका कारण बालीनाली नष्ट भयो वा सडकमा सवारी सञ्चालन गर्न असजिलो भयो भन्ने गुनासो आउने छैन”, नगर प्रमुख खनालले भन्नुभयो, “अझै यसलाई व्यवस्थित गर्दै लैजाने तयारीमा भिरकोट नगरपालिका रहेको छ ।” गाईको मलमूत्रलाई औषधि तथा मलका रुपमा पनि प्रयोग गर्न सकिने भएकाले अब छिट्टै गहुँत सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा नगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने