३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्याङ्जामा गाई संरक्षण गर्न गौशाला सञ्चालन

२१ असार २०७६, शनिबार ०२:२६

असार २१, स्याङ्जा | जिल्लाको भिरकोट नगरपालिकाले राष्ट्रिय जनावर गाई संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रभित्र छाडा अवस्थामा रहेका गाईको संरक्षणका लागि वडा नं ४ दभुङमा १५ वर्षका लागि जग्गा भाडामा लिएर गौशाला सञ्चालन गरेको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

“नेपालको राष्ट्रिय जनावरका रुपमा चित्रित गाईलाई आफ्नो परम्पराअनुसार पुज्ने गरिन्थ्यो”, नगर प्रमुख खनालले भन्नुभयो, “तर पछिल्लो समय त्यही गाईको हेला भएको छ ।” राष्ट्रिय जनावरका रुपमा रहेको गाईको संरक्षण गर्ने र शहर बजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्नका लागि गौशाला सञ्चालन गरिएको नगर प्रमुख खनालको भनाइ छ ।  

स्थानीय नवदत्त ढुङ्गानाको नाममा रहेको दुई रोपनी जग्गामा अहिले गौशाला निर्माण भएको छ भने गाईका लागि आवश्यक घाँसपात गर्न झण्डै ३० रोपनी जग्गा पनि निःशुल्क लिजमा लिइएको छ । 

भिरकोट नगरपालिकाभित्रका बजार क्षेत्रमा छोडुवा गाईको कारणबाट हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि गौशाला निर्माण गरी गाईपालनलाई व्यवस्थित गरिएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो ।

नगरपालिकाले हाललाई ५० वटा क्षमताको गौशाला सञ्चालन गरेको छ । 

“गौशाला सञ्चालनमा आएसँगै अब छोडुवा गाईका कारण बालीनाली नष्ट भयो वा सडकमा सवारी सञ्चालन गर्न असजिलो भयो भन्ने गुनासो आउने छैन”, नगर प्रमुख खनालले भन्नुभयो, “अझै यसलाई व्यवस्थित गर्दै लैजाने तयारीमा भिरकोट नगरपालिका रहेको छ ।” गाईको मलमूत्रलाई औषधि तथा मलका रुपमा पनि प्रयोग गर्न सकिने भएकाले अब छिट्टै गहुँत सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा नगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन