2026-08-30 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी

साउन २५, सुर्खेत | वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गर्नुभएको छ । 

उहाँले दुई वर्षअघि फार्म सञ्चालनमा ल्याउनुभएको हो । “मेरो जागिरको शुरुआतै पशु सेवाबाट भएको हो, त्यतिबेला कृषकलाई हेँलाका दृष्टिले हेरिन्थ्यो, पछिल्लो समय कृषिलाई हेर्ने समाजको धारणा पनि बदलिएको छ”, उहाँले भन्नुभयो, “पुख्र्यौली जग्गा भएकाले एकीकृत कृषि फार्म सञ्चालन गर्ने योजना बनाएँ ।”

फार्ममा स्थानीय जातका कुखुरा, टर्की, जर्सी गाईपालनका साथै मौसमी/बेमौसमी तरकारी उत्पादन हुने गरेको छ । छ बिघासम्म फैलिएको फार्ममा एकलटमा ५०० हाराहारीमा कुखुरा उत्पादन हुन्छन् । पाँच जर्सी गाई छन् । “प्रदेश राजधानीमै भएकाले यहाँ उत्पादन हुने तरकारीलाई बजारको समस्या छैन्”, फार्म सञ्चालक केसीले भन्नुभयो, “विषादी प्रयोग गर्दिन, अग्र्यानिक उत्पादन भएकाले ग्राहकहरु फार्ममै आउँछन् ।”

एक/एक बिघा जमीनमा टिक जातको रुख रोप्नुका साथै नेपियर घाँसखेती गरिएको छ । “कर्णाली प्रदेशमै पहिलोपटक टिक जातको रुख रोपेको छु, १०–१२ वर्षमै रुख बिक्री गर्ने अवस्थामा पुग्न सक्छ,” उहाँले भन्नुभयो । फार्मले घाँस बेचेर राम्रो आम्दानी गरेको छ । यहाँ घाँसका बेर्ना किन्न टाढा–टाढाबाट कृषकहरु आउने गर्दछन् । 

माथिको तश्वीरमा: सुर्खेत वीरेन्द्रनगर–११ गाग्रेतालस्थित एकीकृत कृषि फर्ममा कुखुरालाई चारो दिँदै सञ्चालक सुशील केसी । नेपाल सरकारका लेखा अधिकृत केसीले दुई वर्षअघि ६ बिगाह जग्गामा फर्म सञ्चालन गर्नुभएको हो । तस्बीरः प्रकाश अधिकारी 

फार्ममा तीन जनाको परिवारले रोजगारी पाएका छन् । व्यावसायिक माछापालन र फार्ममै उत्पादित अग्र्यानिक कृषि उपजबाट रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी छ । जागिरबाट बचेको समय फार्मलाई दिने गरेको उहाँ बताउनुहुन्छ । आफूलाई कृषि पेशामा आउन सरकारको कृषिमैत्री नीतिले प्रोत्साहन गरेको उहाँको भनाइ छ । 

तलबबाट भन्दा कृषि फार्मबाटै आफूले राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो । “फार्म सञ्चालनमा ल्याएको दुई वर्षमात्रै भयो, यस अवधिमा आवश्यक पूर्वाधार बनाउनमै केन्द्रित हुनुपर्यो”, सञ्चालक केसीले भन्नुभयो, “अबको केही वर्षमै वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छु ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने