2026-06-28 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोपाई गर्न गोलाप्रथा

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा धान दिवसको अवसर पारी देशभर किसानहरु धान रोप्नका लागी आफ्ना खेतहरुमा विहानैदेखि व्यस्त रहे । रोपाई गर्ने क्रममा मुगुको एउटा गाँउमा भने गोलाप्रथा गरिएको छ ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानियहरुले गाँउ नजिक रहेको जिउलोमा कस्ले कुन दिन आफना खेतमा रोपाई गर्ने भनेर एकापसमा चिठ्ठा(गोलाप्रथा) गरेका हुन् ।


खेतमा रोपाई गर्नका लागी गत ६ गतेनै गोलाप्रथा गरेपनि असार १५ को विशेष दिनमा आफ्नो रोपाइँ परेको निगाले गाँउका स्थानिय गोकर्ण रोकायाले बताए ।

जिउलोमा रहेका ३०० बढी खेतहरुमा अगाडी रोपाई गर्न गाँउलेहरुले एकापसमा भिड्ने र गाँउ सानो भएकाले रोपनेरी, हली र गोरुको अभाव हुने भएकाले प्रतिस्प्रधा नहुने, जनशक्ति पनि उपलब्ध हुने भएकोले चिठ्ठा हाल्ने गरिएको अर्का स्थानिय जानदेवी रोकायाले बताइन् । 


चार बर्ष यताबाट रोपाई गर्न चिठ्ठा हाल्न थालिएपछि गाँउलेहरु आफ्नो पालो परेको दिनमात्र रोपाई गर्ने गर्छन् । गोलाप्रथा अनुसार रोपाई गर्न थालिएपछि रोपाहा, खेताला, गोरु र पानीको अभाव हुने गरेको छैन, गाँउलेहरु विच रोपाईकै विषयलाई लिएर झगडा हुने क्रम पनि रोकिएको छ  ।

चिठ्ठामा रोपाई गर्ने महिना/गते उल्लेख गरिएको हुन्छ, जसलाई जुन गते महिना पर्छ सोहि दिन मात्र आफ्ना खेतहरुमा रोपाई गर्नुपर्ने हुन्छ । यो बर्षको चिट्ठा हाल्ने काम भैसकेको र सोहि अनुसार सोमबारबाट निगाले जिउलोमा रोपाई शुरु भएको गाँउलेहरु बताउछन् ।


जिल्ला सदरमुकालाई बार्है महिना तरकारी उपलब्ध गराउने यो गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा नमुना मानिन्छ । यो गाँउमा जाने सरकारी तथा गैर सरकारी संघ-सस्थाहरुको योजना तथा कार्यक्रम विना विवाद गाउलेहरुको सहमतीमा पारदर्शि रुपमा सम्पन्न हुदै आएका छन् ।

निगाले जिउलोमा धान, गहु, जौ का अलावा यो बर्षबाट लसुन खेती पनि गर्न थालेको र यो बर्ष लसुन उत्पादन राम्रो भएको स्थानीय कृषकहरुले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी