अभिमनु पटेल । साउन १५,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल । साउन १५, 
२ बैशाख २०८२, मंगलवार
कृषि गतिबिधी

रौतहटमा तस्कर मालामाल, किसान कंगाल

१५ श्रावण २०७३, शनिबार ०२:०३

अभिमनु पटेल । साउन १५, रौतहट । रौतहट जिल्लाको पश्चिमी नाकाबाट अहिले व्यापक रुपमा तस्करी भइरहेको छ । जिल्लाको बंकुल, नरकटिया, रामपुरखाप , जोकहा घिउरा , जयनगर ,महुलिया ,औरैया, बेलबिछवा, महादेवपटी, गौर भंसार,ब्रहम्पुरी बान्जाराहा, नाका हुदै भारतीय मलखाद खुला रुपमा तस्करी भईरहेको छ तर पनि प्रहरी प्रशासन मौन रहेको पाईएको छ ।

तस्करहरु अहिलेको समयमा खूल्ला सिमानाको फाईदा उठाउदै भारतको घोडासहन, छौडादानो, चैनपुर आदापुर लगाएतको बजारहरुबाट खूल्याम युरिया, डिएपी जस्ता मलखाद्यहरु ल्याएर रौतहटको बंकुल, कटहरीया, बिजयपुर, गरुडा , पिपरा, लगाएतका बजारहरुमा लाखौं लाख मुल्य बराबरको  पुरयाई रहेका छन । नेपाल र भारत दुबै देशका तस्करहरुले मिलेर खुल्याम तस्करी गरिरहेको छ ।सशस्त्र प्रहरी आउट बोडर पोष्ट रामपुरखापका प्रहरी इन्सपेक्टर खाद तस्कर संग छिनेर भन्सार नबुझाए मछली पाल्न गर्ने व्यक्ति संग सबै खाद बेचिरहेको त्यहाका स्थानिय जनताले बताएका छन ।

अहिले खेतमा लगाईएको धानमा खाध छर्न किसानलाई चटारो छ र प्रत्येक वर्ष अहिलेको समयमा धानमा छर्नको लागि किसालाई मलखाध चाहिन्छ तर नेपालमा सस्तो मूल्यमा मलखाध पाईदैन र भारतमा सस्तो मूल्यमा नै मलखाध भेटिरहेकोले तस्करहरु अहिले प्रहरी प्रशासन सँग मिलेर नै मलखाधको तस्करी गरिरहेको बताउनु हुन्छ कटहरीयाका राम बालक राउत । भारतीय तस्करहरुले सिमाना क्षेत्र स्थित रहेको प्रहरीलाई मोटो रकम दिई खुल्याम रुपमा भारतबाट भारतीय मलखादहरु नेपाल भित्रयाईरहेको स्थानियहरुले दाबि गर्नुहुन्छ । भारत र नेपाल दुबैदेशका केही तस्करहरुले नेपाल भारत नाकामा रहेको प्रहरी प्रशासनलाई मोटो रकम दिई खुल्याम रुपमा तस्करी गरिरहेको सरमुज्वा गा.वि.स. वडा न. ७ बस्ने समाज सेवी बिजय कुश्वाहा  बताउँछन् ।

आफुहरुले आफनो खेतमा प्रयोजनको लागि भारतबाट १ बोरा यूरिया वा डिएपी खाद ल्याउँदा प्रहरी प्रशासनले आफुहरुलाई रोकेर १ बोरा खाधको ५० रुपैया लिनेगरेको र अनावश्यक गाली गलौज गरेर दुखदिरहेको तर त्यही मलखाध तस्करहरु लिएर आउँदा प्रहरी प्रशासन उनिहरुलाई कुनैरोक्टोक नगर्ने गरेको गुनासो किसानहरुले गरेको छ । किसानहरुले तस्करसंग यहाँको प्रहरी प्रशान मिलेको आरोप लगाएको छ तर तस्करसंग प्रहरीको कुनै मिलोमतो नरहेको प्रहरी चौकी बंकुल इन्चार्ज शिवशंकर शर्माले बताएका छ । प्रहरीको उदासिनताको कारण पनि यहाँ तस्करी मौलाउँदै गएको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ