2026-07-24 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लाका किसान ओखरखेतीमा आकर्षित

मङ्सिर १२, खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हँुदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका  लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का  कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिन्ुभयो ।   

तिला गाउँपालिका–१ का  रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्थानीय सरकारले किसानका लागि राहत हुने गरी काम गर्नुपर्र्छ र  अनुदानको व्यवस्था मिलाउनु पर्छ ।” आगामी वर्ष ओखर बेचेर रु दुई लाखसम्म कमाउन सक्ने गरी बगँैचा व्यवस्थापनमा आफूहरु  जुटेको हरिकला रोकायाले जानकारी दिनुभयो । शुरुको चरणमा हुुर्काउन दुःख हुने गरेको छ । पछि हुर्केपछि ओखरमा खासै दुःख नहुने यहाँका किसान बताउँछन् । 

कम मेहनतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर भएको किसानको अनुभव रहेको छ । खरिद गर्न व्यापारी गाउँमै आउने गरेका छन् । यहाँका आठवटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ । एकै बोटमा रु पाँच हजारसम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ ।

अहिले खलङ्गा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको भीडभाड हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले ओखरखेती गर्नेको सङ्ख्या जिल्लामा बढेको जानकारी दिनुभयो । कार्यालयका अनुुसार जिल्लामा १९० हेक्टरमा ओखरखेती हुने गरेको छ । उहाँले भन्नुभयो, “एक वर्षमा १५ टनसम्म ओखर फल्ने गरेको छ । अधिकांश किसानले ओखर कोसेलीघरमा पुगेर प्याकेजिङ गरी बिक्री गर्ने गरेका छन् ।” बजारमा अहिले ओखरको मूल्य प्रतिदाना रु १० का दरले बिक्री हुने गरेको धिताल अर्गानी पसलका सञ्चालक टीकाराज धितालले जानकारी दिनुभयो । 

काठमाडौं पोखरा, नेपालगञ्ज  सुर्खेतलगायतका जैविक पसलमा यहाँको ओखर खपत हुने गरेको छ । मागअनुसार यहाँका किसानले सहजै पुर्याउन नसकेको बताइएको छ ।  तीन रोपनी जग्गा एकै क्लष्टरमा भएका किसानको समूह बनाएर बिरुवा, काँटछाट, रोगकिरा नियन्त्रण र सिँचाइका क्रियाकलाप उपलब्ध गराइएकोे कार्यालयले जनाएको छ । 

ओखर बेचेर जिल्लामा करोडभन्दा बढी भित्र्याउने गरिएको कोसेली घरकासञ्चालक गोविन्द आचार्यले जानकारी दिनुभयो ।  यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक