2026-10-15 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

घरमै पहिलोपटक कृषिमन्त्री पुगेपछि किसान दङ्ग

मङ्सिर ३०, कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको छ । बबई नदीको किनारमा अवस्थित उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ । त्यहाँ पुग्न उनीहरूले एउटा पहाड नाघ्नु पर्दछ ।

आउँदा जाँदा नभेटिने तर कामले जाऊँ भनेर मात्र पुग्न सकिने सल्यान जिल्लाको कालिमाटीसँग जोडिएको गेरुवानी गाउँमा पहिलोपटक सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी घरमै पुगेपछि त्यहाँका किसान खुशीले दङ्ग भएका थिए । मन्त्रीसँग उनीहरूले मौलिक भेटघाट गरेर आफ्ना कुरा भरपुररूपमा राखे । मन्त्रीसँग किसानले खुलेरै आफ्ना समस्या तथा गुनासा राखे । खासगरी नजिकको सरकार नगरपालिका र वडापालिकाबाट अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो थियो । 

कुखुरापालक किसान लीलाराम ओलीले कोभिड–१९ को अवधिमा ठूलो क्षति व्यहोर्नुपरेको पीडा पोख्नुभयो । “केही गरौँ भनेर सहकारी, सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर रु ५० लाखको लागतमा लीला कृषि एन्ड पोल्ट्री फार्म निर्माण गरी चार हजार २०० लेस जातका कुखुरापालन व्यवसाय सञ्चालन गरेँ”, ओलीले भन्नुभयो, “रानीखेत रोग लागेर चैत महिनामै सबै कुखुरा मरे । रु ३३ लाख बरारबको क्षति हुँदा पनि कुनै सरकारले राहत सहयोग गरेनन् । सगरमाथा बीमा कम्पनीले भने रु सात लाख बीमा रकम भुक्तानी दिएको थियो ।” उहाँका अनुसार आएको रकम ब्याज तिर्नमै ठिक भएको छ । यसबाट केही गरौँ भन्ने ऊर्जा घटेको र निराशा जागेको उहाँले बताउनुभयो । आपत्विपद्मा सरकार साथमा नहुँदा किसानको जीवनमा बज्रपात हुने गरेको ओलीको भनाइ थियो । 

त्यस्तै किसान बलबहादुर नगालले बर्सेनि बबईमा बाढी आउँदा आफ्ना खेतबारी बगरमा परिणत हुने गरेको दुखेसो पोख्नुभयो । नगालले स्थानीय तथा प्रदेश सरकारलाई तटबन्धका जाली (ग्याबिन) सहयोगका लागि अनुरोध गर्नुभयो । त्यस्तै अर्का किसान देउराम ओलीले खानेपानी, सिँचाइको पनि त्यत्तिकै समस्या रहेको जनाउनुभयो । नागरिकका समस्यालाई नजिकबाट नियालेर सरकारले असल अभिभावकको काम गर्नुपर्ने उहाँको जिकिर थियो ।

कृषिमन्त्री केसीले कोरोनाको समयमा कुखुरा क्षति भएको जानकारी नभएको र तत्काल राहत दिन नसके पनि सहयोगको क्षेत्र खोजेर केही कार्यक्रम दिने विश्वास किसानलाई दिलाउनुभयो । “गेरुवानीमा बाख्रापालनको बढी सम्भावना छ”, मन्त्री केसीले भन्नुभयो, “कृषि सहकारी संस्था गठन गरेर अघि बढ्नुस्, सरकार सहकारीमार्फत सहयोग गर्न तयार छ ।”

त्यस्तै मन्त्री केसीले गेरुवानीको सरस्वती आधारभूत विद्यालयको समेत अनुगमन गर्नुभएको छ । उक्त विद्यालयमा शैक्षिक, भौतिक अवस्थाको अनुगमन गर्नुभएका मन्त्रीलाई विद्यालयका प्रधानाध्यापक कोचबहादुर खड्काले खानेपानी र विद्यालय भवनको टड्कारो आवश्यकता भएको देखाउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने