२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अण्डाको मूल्य हालसम्मकै उच्च : गतिलिदै पोल्ट्री व्यवसाय

११ श्रावण २०७८, सोमबार ०८:११

नारायण अधिकारी । साउन ११, चितवन (रासस)। कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा  नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले  राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।

गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शुन्य भएकामा क्रमशःबढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उहाँले भन्नुभयो, “निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौँ ।” गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उहाँको भनाइ छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा रु ५६ पर्दछ । एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।

लेयर्स चल्ला भने पुर्याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन । लेयर्स प्रतिवटा रु १७० मा बिक्री भइरहेको छ । देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उहाँको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउनुहुन्छ । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासाही बन्दै जानसक्ने उहाँको चिन्ता छ ।

 आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउनुभयो । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट रु ३३० सम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट रु ३६० हाराहारी पर्ने उहाँको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उहाँले जानकारी दिनुभयो । 

कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । उहाँले भन्नुभयो, “अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ ।” पहिराले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पुर्याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको उहाँले बताउनुभयो ।

 दुई हजार ७०० हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् । पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो रु ५० पर्ने भटमास रु १०५ सम्म पुगेको र रु २२ हाराहारीमा पाउने मकै रु ३७ सम्म पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन ।” कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ ।

महँगोमा चल्ला राख्नुपर्दा लागत मूल्य बढी हुने उहाँ बताउनुहुन्छ । निषेधाज्ञाका समयमा कुखुराको मासुले मूल्य नपाउँदा धेरैले नोक्सानी बेहोर्नु परेको छ । दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेर फर्कनुभएका गैँडाकोटका सम्भव पाण्डे निषेधाज्ञामा आफूले पालेका ३२ हजार ब्रोइलर कुखुराबाट रु २६ लाख नोक्सान भएको बताउनुहुन्छ । उहाँले नवलपरासीको बेल्डीया र गैँडाकोटमा कुखुरा पाल्नुभएको थियो । त्यतिबेला प्रतिवटा रु १०० हाराहारीमा खरीद गरेको चल्लाबाट उत्पादन भएपछि बिक्री गर्दा प्रतिकिलो रु १५० मा बेच्नु परेको उहाँको भनाइ छ ।

चितवन–नवलपुर दाना वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डे ब्रोइलर कुखुराको किसानको लागत मूल्य रु २२० सम्म पर्ने भए पनि निषेधाज्ञाभर सस्तोमा बेच्नुपर्दा धेरै नोक्सान भएको बताउनुहुन्छ । क्रमशः मूल्य बढ्दै गएको उहाँको भनाइ छ । कोभिड घट्दै गएपछि किसानले राहत महसुस गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले कुखुराको मासुको मूल्य रु ३८० प्रतिकिलो पुगेको छ । नेपालमा पोल्ट्री क्षेत्रमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् ।

लेयर्स कुखुरापालनमा अग्रणी दाउन्ने ट्रेडर्सका कार्यकारी निर्देशक विनोद पोख्रेल कच्चापदार्थको मूल्य दिनानुदिन बढ्दा र कोभिड जस्ता महामारीका समयमा यो व्यवसाय सञ्चालन कठिन हुने बताउनुहुन्छ । देशभर अण्डाको सञ्जाल रहेको दाउन्नेका कार्यकारी निर्देशक पोख्रेल सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर हेर्नुपर्छ भन्नुहुन्छ । दाउन्नेको नवलपारसीको फार्ममा हाल तीन लाख लेयर्स कुखुरा रहेका छन् । देशमा नै सबैभन्दा बढी लेयर्स कुखुरा भएको यो एक मात्र फार्म रहेको उहाँहरुको भनाइ छ । 

उहाँले भन्नुभयो, “कोभिडका समयमा किसानले बेहोरेको नोक्सानलाई सरकारले सम्बोधन गर्नुपर्छ ।” कच्चापदार्थ बाहिर आश्रित भएसम्म किसानले लाभ लिन कठिन हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली