2026-08-29 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

माघ १९, खलङ्गा | कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो । स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी  गाउँपालिका–१ स्थित बाइराँकामा उन्नत जातको गहुँको बीउ उत्पादन गर्न लागेका छौँ । 

सो स्थानमा ६०० केजी बीउ किसानलाई उपलब्ध गराएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । अहिले जुम्ला जिल्लाका सबै ठाउँमा स्थानीय बाह्रबिसे जातको गहुँ खेती गरिन्छ । यो तयार हुन अलि ढिलो हुँदा धान खेती पनि ढिलो हुन जान्छ । उन्नत जातको गहुँ तयार हुन सामान्यतया कम समय लाग्छ र गहुँ पनि तुलनात्मक रुपमा बढी नै उत्पादन हुने हुँदा किसानलाई यो बीउ सिफारिस गरेका कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।  

मूल बीउ कृषकको ३० प्रतिशत र कार्यालयको ७० प्रतिशत लगानीमा बाँडिएको छ । यस योजनामा बाइराँकाका १३१ किसानले करिब सय रोपनी क्षेत्रफलमा उक्त उन्नत जातका मूल बीउ लगाएको निमित्त कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

तीन रोपनी जग्गामा उन्नत जातको मूल बीउ लगाएको किसान नारायण शाहीले बताउनुभयो । स्थानीय गहुँ ढिलो पाक्दा धान लगाउन समस्या हुने गरेको थियो ।  यसको विकल्प खोजिरहेकै बेला कृषि विकास कार्यालयले उन्नत जातको बीउ अनुदानमा दिएकोले किसानलाई निकै राहत भएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो