अनिल अधिकारी । सन् २०१९ मा गोंगबु स्थित म्याग्दीचोक निकट एक स्रोतले पानीपोखरी स्थित कार्यालयमै आएर मलाई जानकारी दियो 'जो पायो त्यसैलाई भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी । सन् २०१९ मा गोंगबु स्थित म्याग्दीचोक निकट एक स्रोतले पानीपोखरी स्थित कार्यालयमै आएर मलाई जानकारी दियो 'जो पायो त्यसैलाई भ"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

भुटानी शरणार्थी प्रकरणमा मेरो भोगाई !

२०८०, २७ बैशाख बुधबार ०७:१४

अनिल अधिकारी ।

२०७६ साल असोज ५ गतेका दिन गोंगबु स्थित म्याग्दीचोक निकट एक स्रोतले मेरो पानीपोखरी स्थित मेरो कार्यालयमै आएर मलाई जानकारी दियो 'जो पायो त्यसैलाई भुटानी सरणार्थीको रुपमा अमेरिका पठाउने गिरोह सक्रिय छ । गिरोहले प्रतिव्यक्ति पहिलो चरणमा १० लाख उठाउँदै छ ।'

तात्कालिन समयमा वैदेशिक रोजगारका धेरै बेथितिका विषयमा समाचार तथा अनुगमनको भिडियो समेत प्रशारण गर्दै आएको कारण स्रोत मकहाँ आईपुग्नु स्वभाविक थियो । स्रोतले अडियो रेकर्ड पनि दियो जसमा सोहि गिरोहले अमेरिका पठाईदिने भनि युवाहरुसँग गरेको कुराकानी सुनिन्थ्यो । प्राप्त प्रमाणकै आधारमा स्रोतले तोकेको व्यक्तिहरुलाई समाचारमा समेट्दा म आफै अपुष्ट समाचारको आधारमा अफ्ट्यारोमा पर्छु भन्ने सोचेर स्थलगत अनुगमनमा पुगें । मेरो उदेश्य स्रोतले दिएको जानकारी अनुसार वास्तविकता हो वा होइन भन्ने पत्ता लगाउनेमा केन्द्रित थियो । 

एक्लै थिएँ । दिनको ३ बजेको थियो । स्रोतकै जानकारी अनुसार, नयाँ बसपार्क निकट रहेको म्याग्दी चोकको एक स्थानिय होटलमा युवाहरुको बाक्लो आउजाउ र जमघट थियो । मिडियामा देखिरहेको व्यक्ति भन्ने कसैले चिन्छन भन्ने बुझेर सामान्य हुलिया बनाएर मुखमा माक्स र टाउकोमा क्याप टोपी लगाएर म ३/४ घण्टासम्म उक्त होटलमा बसें । अरुलाई संका नहोस् भन्ने बुझेर २/३ कल गर्दै फोन गरेझैं गर्दै बसें । ३ कप चिया र चामिन बनाउन लगाएर खाएँ । उक्त होटलमा उक्त दिन छिर्नेहरु मध्ये अधिकांस युवाहरु थिए । उनिहरुले अमेरिका जाने सम्बन्धमा बिभिन्न कुराकानी गरेको आधारमा स्रोतले दिएको सूचना सहि हो भन्ने प्रमाणित भईसकेको थियो । 

मेरो उदेश्य उक्त गिरोहको बारे केहि जानकारी पाइन्छ कि भन्ने थियो । तर एकै छिनको प्रयासमा त्यो कार्य सम्भव थिएन । त्यहाँ आएकाहरु ग्रुपमा साथी-साथी आउने-जाने गर्थे । कोहि डिलका कुरा गर्थे त कोहि ठगि हुन्छ कि भन्दै साथीभाईमा कुरा गर्थे । उक्त दिन अमेरिका पठाउने गिरोह युवाहरुसँग जोडिएका छन् भन्ने बाहेक प्रयाप्त आधार जुट्ने अवसर मिलेन । जो सकारात्मक कुरा गर्दै थिए उनिहरुलाई यस सम्बन्धमा सोध्न उपयुक्त थिएन । किन कि स्रोतले मलाई यस सम्बन्धमा पहिलेनै सचेत गराईसकेको थियो कि, उनिहरुको कुरा बाहिर जाँदा गोप्यता भंग हुने र आफूहरुको अमेरिका जाने सपना साकार नहुने अवस्था आउँछ भन्ने सिकाईएको थियो । 

युवाहरु बीच भएको कुराकानीको आधारमा उनिहरुलाई भुटानी शरणार्थीको रुपमा अमेरिका लैजाने प्रलोभनमा पारिएको स्पष्ट हुन सकिन्थ्यो । तर त्यो गिरोहमा को-को छन् भन्ने कुरा पत्ता लगाउन सम्भव थिएन । मैले ति मध्ये एकजना नक्कली सरणार्थीलाई पछ्याउने कोसिस गरें । उनले साथीहरुसँग अमेरिका जान तिर्नुपर्ने पहिलो चरणको १० लाख तिर्ने कि नतिर्ने भन्ने दोधार प्रकट गरिरहेका थिए । उनले आफू ठगिने पो हो कि भन्ने विषयमा बिभिन्न आशंका प्रकट गर्दै गरेको कुराकानी मैले सुनिरहेको थिएँ । मलाई आशा थियो कि उनैलाई पछ्याउँदा केहि जानकारी माग्न सक्षम हुने छु । बेलुका करिव ७ बजे ति युवा त्यो ग्रुपबाट एक्लै बसपार्कतर्फ निस्किए । म्याग्दी चोकबाट दक्षिणतर्फ शिवमन्दिर नजिकै पुगेपछि मैले उनलाई बोलाएँ । उनिसँग मैले चिया खाँदै केहि कुरा गरौँ भनेर सिधै प्रस्ताव राखेको थिएँ तर उनि अचम्मित भए । अचम्मित हुनु स्वभाविक पनि थियो । बसपार्कमा माइकमा जहिलै सुनिन्थ्यो 'आफूले नचिनेको मान्छेले दिएको खाने कुरा नखानुहोस् । ठगीमा पर्न सक्नुहुन्छ । यसो उसो…' सायद उनको मनले मलाई ठग मानिसकेको थियो । 

ति युवाले मेरो वास्तविक परिचय नपाएर ससंकित भएको भन्ने मैले ठानें र आफ्नो परिचय दिदै भनें- 'म पेशाले पत्रकार हुँ, तपाइँहरुलाई अमेरिका पठाइदिने भन्दै ठगि हुनसक्ने आशंकाले म तपाइँहरुलाई जोगाउने प्रयासमा छु । यसको लागि तपाईहरुले मलाई सबै सूचना दिनुपर्यो । भविष्यमा ठगीमा पर्नुभयो भने तपाइहरुलाई सहज हुन्छ ।' उनि मेरो प्रश्नले झनै तर्किए । अघिसम्म साथी-सर्कलमा अमेरिका जाने विषयमै कुरा गरिरहेका उनले 'मलाई अमेरिका जाने सम्बन्धमा केहि जानकारी छैन ।' भन्दै मबाट तर्किंदै आफ्नो बाटो लागे । 

तात्कालिन समयमा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई मैले यस सम्बन्धमा जानकारी समेत गराएको थिएँ । उक्त दिन गिरोहलाई १० लाखका दरले बुझाउन गएकाहरु मध्ये अधिकाँश म्याग्दी जिल्लाका थिए, त्यसै कारण ढकाललाई फोन गरेको थिएँ । उनले यस सम्बन्धमा आफू जानकार नभएको भन्दै युवाहरुलाई सचेत गराएका थिए । मैले त्यसैको भोलिपल्ट यस सम्बन्धमा समाचार लेखेको थिएँ । अमेरिका पठाउने भन्दै गुपचुप रुपमा चर्को अशुली: एकै जिल्लाका सयौं युवाहरु ठगिन सक्ने आशंका । 

अहिले भुटानी शरणार्थी प्रकारणले देश तताईरहेको छ । सम्भवत: मलाई जवाफ दिन नचाहने तथा उक्त होटलमा १० लाख बुझाउने योजना सहित आएका नक्कली शरणार्थी अहिले अमेरिकामै छन् । 

मलाई लाग्छ, तात्कालिन समयमा भुटानी शरणार्थी प्रकरणमा माथिसम्म सेटिङ मिलाएर काम गराइएको कारण दलाल तथा युवाहरु ढुक्क थिए । त्यसै अनुसार तात्कालिन समयमा युवाहरुलाई निर्धक्क गराइएको थियो । तात्कालिन समयमा हामीलाई जानकारी हुँदा केहि जिल्लाका युवाहरुलाई शरणार्थीको रुपमा लैजाने योजना थियो । त्यसै अनुसार सर्कलमा पैसा उठाइएको थियो । कसको मार्फत उनिहरु गिरोहसँग जोडिएका थिए भन्ने विषयमा हामीलाई त्यतिखेर स्रोतले दिएको जानकारी अपुष्ट भएकै कारण हामीले उनिहरुको नाम समाचारमा उल्लेख गर्न असमर्थ रह्यौं । तर अब त्यस प्रकरणको खुलाशा क्रमश हुँदैछ ।

हामीलाई तात्कालिन समयमा प्राप्त अपुष्ट सूचनाको आधारमा यो गिरोहमा स्थानिय वडा अध्यक्ष देखि उच्च पदस्थ सहित धेरै दलालहरु जोडिएका छन् भन्ने जानकारी गराइएको थियो । तर एकिन को-को भन्ने प्रमाण थिएन ।

अन्तमा, यो प्रकरणको जरादेखि रुखसम्म पत्ता लगाउनको लागि जो नक्कली कागजातमा दलाल हुँदै मानव तस्करसम्मलाई पैसा खुवाएर शरणार्थीको रुपमा अमेरिका पुगेका छन् ति सबैलाई नेपाल फर्काउनु पर्छ । साथै उनिहरुलाई उक्त प्रकरणमा को-को संलग्न छन्, भन्ने कि जेल जाने ? भन्ने दुई बिकल्प दिनुपर्छ । त्यसरी बाध्यात्मक बिकल्प दिएर अनुसन्धान गर्न सकेमा मात्र सबै यस प्रकरणमा जोडिएकाहरु सबैलाई जेल कोच्न सम्भव छ । अनि मात्र यो प्रकरणको रुख-जरा ढल्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ