रसुवा जिल्ला पुनर्संरचनाका क्रममा विवादित बन्यो । सम्पूर्ण जिल्लालाई तीन गाउँ पालिकामा पुनर्संरचना गर्ने भन्ने पुनर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रसुवा जिल्ला पुनर्संरचनाका क्रममा विवादित बन्यो । सम्पूर्ण जिल्लालाई तीन गाउँ पालिकामा पुनर्संरचना गर्ने भन्ने पुनर"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवा, प्रस्तावित गाउँ पालिका र अवसर

२०७३, ७ मंसिर मंगलवार १३:१०

रसुवा जिल्ला पुनर्संरचनाका क्रममा विवादित बन्यो । सम्पूर्ण जिल्लालाई तीन गाउँ पालिकामा पुनर्संरचना गर्ने भन्ने पुनर्संरचना आयोगको कार्यविधि अनुसार पुनर्संरचनाका लागि जिल्लाले सिमाङ्कन गर्दा सदरमुकाममा झडप सिर्जना भएको थियो । सो विवाद पश्चात आयोगको नयाँ कार्यविधि अनुसार पुनः तीनदेखि पाँच गाउँ पालिका निर्माण गर्न सकिने भएपछि जिल्लामा रहेका राजनीतिक दल तथा सरकारी निकायबाट पाँचवटा गाउँ पालिकामा रसुवालाई पुनर्संरचना गर्न सिफारिस गरी पठाएको छ । यसबाट भने विवाद नहुने देखिएको छ । 

 ( जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाका प्रस्तावित गाउँ पालिकाहरूको विकास गर्ने सम्भावना रहेको छ ।  सम्मृद्ध गाउँ पालिका निर्माण गर्न प्रशस्त पूर्वाधारहरू रहेका छन् मात्र छ पवित्र र इमान्दार प्रयासको खाँचो ।)


धेरै वर्षदेखि पर्यटन पूर्वाधारको हिशावले नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रसुवा अर्थात लाङटाङ क्षेत्रले आफ्नो पहिचान बनाइरहेको छ । पछिल्लो समयमा जलविद्युत विकासका हिशावले पनि रसुवाले पहिचान स्थापित गराउँदै छ र रसुवागढी नाकाको विकाससँगै रसुवाले ठूलाठूला दुई देश चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयत्नशील छ ।  त्यससँगै रसुवाले कृषि क्षेत्र (जडिबुटी, तरकारी र पशुपालन) मा पनि सहभागिता जनाउँदै आएको छ । यी विविध सम्भावनासँगै प्रस्तावित पाँच गाउँ पालिका अन्र्तगत रहेका विकासका सम्भावनालाई यहाँ चर्चा गर्न खोजिएको छ । 


    प्रस्तावित गाउँ पालिका (एक) : पार्वतीकुण्ड गाउँ पालिका – यस गाउँ पालिका अन्तर्गत गतलाङ, गोज्जुङ, चिलिमे र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्तीहरू समावेस गरिएको छ । जसको केन्द्र गोल्जुङवेसी र थाम्बुचेत तोकिएको छ । यस गाउँ पालिकामा तामाङ सम्पदा मार्ग अर्थात् ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटककौ आवागमन भइरहेको छ । गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ । विनाशकारी भुकम्पका कारण आयुर्वेदिक उपचारको स्थल तातोपानी कुण्डमा क्षति पुगेको छ । यसको उचित संरक्षण गर्न सकेमा आर्थिक समृद्धिमा यसले टेवा पु¥याउँदछ । यहाँ परम्परागत शैलीका घरहरू, मानी, छुर्तेन र गुम्बाहरू रहेका छन् । नाकथली जस्तो रमणीय दृश्यावलोकन गर्ने स्थलहरू यहाँ प्रशस्तै छन् । त्रिशूली करिडोरसँगै यो पालिका सञ्चालित चिलिमे जलविद्युत आयोजना (२२ मे.वा.), निर्माणाधिन माथिल्लो साञ्जेन (१४.८ मे.वा.), तल्लो साञ्जेन (४२.५ मे.वा.), तथा निर्माणका लागि सर्भे सम्पन्न सालासुङ्गी (७८ मे.वा.) जस्ता आयोजनाहरूको प्रभावित क्षेत्र पनि हो । चिराईतोलगायतका विभिन्न जडिबुटी खेतीबाट पनि यहाँका जनताले जीविकोपार्जनमा उल्लेखनीय सुधार गरिरहेका छन् । यस क्षेत्रमा विविध ग्रामीण कृषि सडकसँगै पासाङल्हामु राजमार्ग तथा सोमदाङ सडक फैलिएको छ । प्राथमिक तथा निम्न माध्यमिक विद्यालय बाहेक यहाँको शैक्षिक उन्नयनका लागि पार्वतीकुण्ड उमावि, नेरामावि, गतलाङ प्रमुख हो ।

 

    प्रस्तावित गाउँ पालिका (दुई) : गोसाइँकुण्ड गाउँ पालिका – सदरमुकाम धुन्चेलगायत स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन र लाङटाङ गाविसहरू यस गाउँ पालिकामा समावेश गरी प्रस्ताव गरिएको छ । जसको पालिका केन्द्र स्याफ्रुवेसी तोकिएको छ । यो गाउँ पालिकाअन्तर्गत  नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ भ्याली, गोसाइँकुण्डलगायतका कुण्डहरूमा वर्षैभरि देश तथा विदेशबाट हज्जारौं पर्यटकहरू आउने गर्दछन् । जसबाट व्यावसायिक विकास भइरहको छ ।  परम्परागत तथा ऐतिहाँसिक स्थलहरू मानी, छुर्तेन, गुम्बाहरू, हिमाल, तालतलैया, जैविक विविधता, वनस्पति, जीवजन्तु आदि यस क्षेत्रका मुख्य आकर्षण हुन् । बृद्धिम र टिमुरे अन्तर्गत हेका दुधकुण्ड र रिभरकुण्ड पनि यस क्षेत्रको विकासोन्मुख अर्को पर्यटकीय क्षेत्र हो । विभिन्न जैविक तथा प्राकृतिक छटाले पूर्ण यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिहरू रहेका छन् । यस गाउँ पालिका अन्तर्गत निर्माणाधिन रसुवागढी सुख्खा बन्दरगाह रहेको छ । व्यापारिक नाकासँगै विविध विषयहरू पुर्खासँगको इतिहाँस, अंशुवर्माकी छोरी भृकुटी घर माइती गर्दा यही बाटो प्रयोग गर्ने गरेको किंवदन्तीका कारण पनि यस क्षेत्रले आफ्नो पहिचान स्थापित गरिरहेको छ । त्रिशूली करिडोरसँग जोडिदैं निर्माणाधिन रसुवागढी जलविद्युत आयोजना (१११ मे.वा.) त्रिशूली एक (२१६ मे.वा.) लाङटाङ खोला (१० मे.वा.) शहिद दीक्षा (४ मे.वा.) र सञ्चालित चिलिमे जलविद्युत आयोजना (२२ मे.वा.) को प्रभावित क्षेत्र हो । यस क्षेत्रमा जडिबुटी खेती उत्पादन तथा प्रवद्र्धन भइरहको छ । यस पालिकामा पासाङल्हामु राजमार्गसँगै विभिन्न कृषि सडकहरू रहेका छन् । शैक्षिक विकासका लागि प्राथमिक र निम्न माध्यमिक बाहेक रसुवा क्याम्पस, श्यामेवाङफेल क्याम्पस यहाँको प्रमुख विद्यालयहरू हुन् । 


    प्रस्तावित गाउँ पालिका (तीन) : कालिका गाउँ पालिका – धैबुङ, राम्चे, लहरेपौवाको ८ नं वडा तथा भोर्लेका १, ६, ७, ८ र ९ वडा समावेस गरी कालिकास्थान केन्द्र प्रस्तावित गरिएको छ । जुन् क्षेत्रमा कृषि उत्पादन तुलनात्मक रूपमा बढी रहेको पाइन्छ । त्रिशूली करिडोरसँगै फलाखु खोला जलविद्युत आयोजना (१३.५ मे.वा.) को प्रभावित क्षेत्र हो । यहाँ पर्यटन पूर्वाधार निर्माण नभएको भए पनि नौकुण्ड गाउँ पालिकासँग जोडेर पार्वतीकुण्ड गाउँ पालिकामा जस्तै ग्रामीण पर्यटनका पूर्वाधारहरू विकास गर्न सकिन्छ । यस क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विविध जैविक र प्राकृतिक सम्पदाहरू रहेका छन् । धैबुङ चित्रकालिका, नीलकण्ठ वा जलेश्वर महादेव, ज्वालामुखी भूमे जस्ता धार्मिक स्थलहरू, पृथ्वीनारायण शाहले राज्य एकीकरण वा  तिव्वतसँग ऐतिहाँसिक युद्ध हुँदा  धैबुङकोट (अहिले छैन) तथा यस वरपरका स्थलहरूको महत्व झल्केको पाइन्छ ।  शैक्षिक विकासका लागि प्राथमिक र नीजि विद्यालय बाहेक कालिका हिमालय क्याम्पस, नीलकण्ठ नमूना मावि, सेतीदेवी मावि प्रमुख विद्यालयहरू हुन् ।


    प्रस्तावित गाउँ पालिका (चार) : नौकुण्ड गाउँ पालिका – सरमथली, यार्सा र भोर्लेका २,३,४,५ र ७ वडा समावेस गरी पारच्याङलाई केन्द्र तोकी नौकुण्ड गाउँ पलिका सिफारिस गरिएको छ । नं तीनको गाउँ पालिका हुँदै यस क्षेत्रमा पर्यटन विकास गर्न सकिनै प्रवल सम्भावना रहेको छ । यस क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत विविध प्राकृतिक छटाहरू, नौकुण्ड–गोसाइँकुण्ड पर्यटन मार्गको विकास, रसुवा र नुवाकोटदेखि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका पर्यटकीय पूर्वाधारसँग यहाँकौ पर्यटकीय सम्भावनालाई जोड्न सकिन्छ ।  त्रिशूली करिडोरसँग नजोडिएको एक मात्र गाउँ पालिका हो यो । फलाँखु खोला (१३.५ मे.वा.) को प्रभावित तथा निर्माणस्थल पनि हो । यस गाउँ पालिका अन्तर्गत पासाङल्हामु राजमार्गको कालिकास्थान, घुम्तीबाट र लहरेपौवाको स्याउबारीबाट कृषि सडक जोडिएको छ र सुधारोन्मुख अवस्थामा छ । शैक्षिक विकासका लागि प्राथमिक विद्यालय बाहेक नारायणस्थान मावि, फाम्चेत मावि, निर्कुभूमे मावि, वागेश्वरी मावि प्रमुख विद्यालयहरू हुन् ।  


प्रस्तावित गाउँ पालिका (पाँच) : उत्तरगया गाउँ पालिका – लहरेपौवाको वडा नं ८ बाहेक, ठूलोगाउँ, डाँडागाउँ र हाकु गाविसको ८ र ९ वडालाई समावेस गरी उत्तरगया गाउँ पालिका प्रस्तावित गरिएको छ । जसको केन्द्र नौबीसे, पैरेवेसी प्रस्ताव गरिएको छ । रसुवा प्रवेशको मुख्य द्वारको रूपमा रहेको यो पालिकामा अन्य पालिकामा जस्तै यस क्षेत्रमा पनि ग्रामीण पर्यटनको पूर्वाधार विकास गर्न सकिन्छ । यहाँ धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वको क्षेत्र बेत्रावती वा उत्तरगया, ठूलोगाउँस्थित भूमेस्थान प्रमुख आकर्षणको रूपमा रहेको छ । यहाँ जडिबुटी, तरकारी खेती तथा पशुपालनका व्यावसायलाई बढावा दिन सकिन्छ । जसबाट यहाँको जीवनयापनमा सुधार गर्न सकिन्छ । त्रिशूली करिडोरसँग जोडिदै माथिल्लो त्रिशूली थ्री ए (६० मे.वा.), माथिल्लो त्रिशूली थ्री बी (४० मे.वा.), त्रिशूली एक (२१६ मे.वा) अपर मैलुङ ए (८ मे.वा.), फलाँखु (१३.५ मे.वा.) को प्रभावित क्षेत्र पनि हो यो । शैक्षिक विकाससका लागि प्राथमिक विद्यालय बाहेक उत्तरगया क्याम्पस, डाँडागाउँ मावि, नवविजयी महेन्द्र मावि मुख्य विद्यालयहरू हुन् । 


जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाका प्रस्तावित गाउँ पालिकाहरूको विकास गर्ने सम्भावना रहेको छ ।  सम्मृद्ध गाउँ पालिका निर्माण गर्न प्रशस्त पूर्वाधारहरू रहेका छन् मात्र छ पवित्र र इमान्दार प्रयासको खाँचो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ