2026-10-17 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

मृत्यु कुरिहेका ति करोडौ मिनिमिनीहरुको आत्मा (फोटो फिचर)

प्रेम सुनार | असोज २८, बुटवल | हरेक प्राणीहरुमा मानिसको जस्तै मन हुन्छ भन्ने हामीले कहिल्लै सोचेनौं ।  बरु  पशु पन्छि वली दिएर हामीले पुण्य कमाईन्छ भन्ने मात्रै सोच्यौं । बुटवल बजारमा यति बेला दशैंमा बेच्न ल्याईएका   पाठा, खशी बोका च्याङ्ग्रारहरुलाई  मानव आत्माले  हेर्दा हामी आफ्ना जस्तै उनिहरुका पनि बाबु आमा र अरु सन्तान होलान, उनिहरु सदाका लागि छुट्टिनु पर्दाको वियोग पनि उस्तै होला भन्ने लाग्छ  । 

पाल्पा  दोभानका  शेरबहादुर थापाको ‘मिनीमिनी’ले एक छिन आमाको काँख छाड्न मान्दैन्थ्यो  ।  थापाले कलो खुवाउँने बेला सम्म  उनि संग झ्याम्मीए पनि पुन आमा  कै काँखमा लुट्पुटिन जाने मिनिमिनीलाई जबरजस्ती आमाको काँख छुटाएर गत एक ३ दिन  देखि बुटवलको बजारमा टुहुरो चल्ला जस्तै बनाईएको छ । प्याप्या  गदै कराई रहेको  मिनीमिनीको आँखामा आँशु सायद चिसोले मात्र नभएर होला,   आमा प्रतिको विलौनाले पनि  खसेको होला भनेर अड्कल गर्न सकिन्छ ।

हजारौंको संख्यामा उनि जस्ता कलिला मिनीमिनी पाठाहरु आमाको काँख छुटाएर बेच्न ल्याएको देखिन्छ । बृद्ध शेरबहादुरले  आफ्नो  त्यो सानो मिनीमिनीलाई सुम्सुमाउँदै माया त दिई रहेका छन तर  उसलाई बेच्नका लागि ग्राहक  पनि खोजी रहेका छन । आफैले आफ्नो सन्तानलाई जस्तो गास काटेर हुर्काएको मिनीमिनीलाई नचाहेर पनि उनले मृत्युको मुखमा धकेल्दै छन ।

एक चोटी आफु जस्तै प्राणी त्यस मिनीमिनीलाई सोच्ने हो भने  एक छिन आमाको काँख छाड्न नमान्ने उनकी आमाको मन कति धड्के होला ? आमाको काँख छुट्दा  एकदम लाहडे ति मिनीमिनीको मन कति रोए होला ?  उनका पनि दाजु भाई आमा बुवा सबै संग रमाएर मानवहरुले मनाउँने दशै संग रमाउँदै आँगन र दलानमा उफ्रिने मन कति हुँदो हो ?

तर हामी आफु बाहेक अरु   प्राणीको  नाता गोता साईनो र माया ममताको कत्ति ख्याल नगरी उनिहरुको कत्लेआम गर्दै धुमधाम संग दशै मनाउँदै छौं । एउटै शहर बुटवलमा हजारौंको संख्यामा खशी, बोका, च्याङ्ग्रा र कोट–मन्दिरमा  वलि चढाउने स–साना पाठाहरु बेचिदै छ भने देशै भर त्यस्ता प्राणीहरुको गणना गर्ने हो भने करोडौंको संख्यामा उनिहरुको सन्तानको काँखा छुटाउँदै  र कत्तलेआम गर्दै बढो रमाएर दशै मनाउँदै छौं ।

दशैंमा छोरा वा छोरी घर नआएको कि वा केहि बर्ष अघि मृत्यु वरण गरेको आफ्नो सन्तानको यादले बाबु आमाहरुको बिशेषतः दशै तिहार पर्वमा यादले गह भरिन्छ । उनै बाबु आमा जस्तै प्राणी हुन चौपायहरु प्नि तर हामी त्यो कहिल्लै सोचेनौं । नेपालमा बुद्ध धर्मको पकड हुने बेला सम्म यसरी पशु पन्छिको कत्लेआम गरेर दशै मनाईदैन्थ्यो रे ।

पछि हिन्दु धर्म लम्वीहरुले जवरजस्ती शासकहरु मार्फत अनियवार्य घर घरमा वलि दिनु पर्ने प्रथा लादेको बुढा पुरानाहरु बताउँ छन ।  वलि दिएको प्रमाण स्वरुप अनियवार्य घरको भित्तामा रगतका पाँच औलाका छाप लगाउन लगाईन्थ्यो । दहीमा भिजाएको सेतो टिका लगाईदै आएकोमा रगत प्रतिविम्ति हुने रातो टिका लगाउने प्रचलन पनि लादिएको बुढापाकाहरुको भनाई छ । 

तश्वीरहरुमा: बुटवल बजारमा मृत्यु कुरिरहेका उनै खसी बोका-च्याँङ्गा र पाठाहरु  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु