४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कोरिया गएको ६ महिनामै अस्ताइन् इलामकी सोनु, तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

४ भाद्र २०८१, मंगलवार १०:२७

भदौ ४, इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको निधन भएको हो।

उनको परिवारले तीन महिनाबीचमा दुईवटा बज्रपात खेप्नु परेको छ । संयोग पनि कस्तो भने तीन महिनाबीचमा बाबुछोरी दुवैजनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । उनका बुवा लीललाकुमार श्रेष्ठले गत जेठमा मात्रै मलेसियामा कामको शिलशिलमा ज्यान गुमाए थिए ।


अध्ययनका लागि गत फेब्रुअरीमा दक्षिण कोरिया पुगेकी सोनुको निधन भएको पुष्टि इलाम-कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालले गरेका छन् । उनको हृदयघाटबाट मृत्यु भएको हो। पोस्टमार्टम रिपोर्टले उनको मृत्यु हृदयघातका कारण भएको देखाएको छ। उनको शव आफन्तलाई समेत जिम्मा लगाइएको छ । शवको उल्सान अस्पतालमा पोस्टमार्टम गरिएको थियो। 

सोनुले कोरियामै प्राण त्यागेको खबर खनालमार्फत परिवारकहाँ पुगिसकेको छ । सोनु विद्यार्थी भिसा (डी२)मा पढ्नका लागि कोरिया पुगेकी थिइन् । सोनुको शव नेपाल पठाउन पहल गरिरहेको अध्यक्ष खनालले बताएका छन् । दु:खद संयोग कस्तो भने सोनुहरूकै भविष्य निर्माणका लागि केही वर्षअघि विदेशिएका बुवा लीलाकुमारले मलेसियामा प्राण त्यागेका थिए ।

खनालका अनुसार सोनुको शवको सोमबार पोस्टमार्टम गरिएको छ । उनका अनुसार पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन। ‘शव नेपाल पठाउने प्रक्रिया पूरामा छौँ,’ खनालले भने, ‘धेरै ठूलो खर्च लाग्ने अवस्था देखियो । १२ लाख रुपैयाँ लाग्ने भएपछि जुटाउन सक्रिय भएका छौँ ।’

बुवा र सोनु बितेपछि श्रेष्ठ परिवारको विचल्ली हुने अवस्था अवस्था आएको छ । यो परिवारमा अब सोनुकी आमा, भाइ र बहीनी मात्रै छन्। सोनुकी दिदी बिहे गरेर गइसकेकी छन् । बिहे गरेर गएकी दिदी र भिनाजु पनि कोरियामा रोजगाररत छन्।

सोनुलाई पढाएका भगवती सिद्ध प्राविका शिक्षक छत्र श्रेष्ठ उनी पढाईमा अब्बल भएको स्मरण गरेका छन् । ‘हामीले पढाएकी नानी सानैदेखि अब्बल थिइन्’, उनले भनेका छन्, ‘एउटी क्षमतावान विद्यार्थीलाई अल्पायुमै गुमाउनुपर्दा हामी स्तब्ध भएका छौँ ।’

सोनुकी आमा गाउँमै खेती गरेर जीविकोपार्जन गरिरहेकी छन् । सोनुका भाइ कक्षा ७ र बहिनी कक्षा १२ मा पढिरहेका छन् ।

छोटो समयबीचमा लीला र सोनु बितेपछि माई-१ स्थित उनीहरूको गाउँ शोकमग्न छ । परिवारमा रुवाबासी चलेको छ ।

सोनुको शव नेपाल पठाउनका लागि अहिले नेपाली विद्यार्थी समाज कोरियाको बैंक एकाउन्टमा चन्दा संकलन थालिएको छ। माई नगरपालिका-१ का अध्यक्ष रामबहादुर राईले सोनुको शव ल्याउने विषयमा दक्षिण कोरियास्थित इलाम समाजका सदस्यहरूसँग कुरा भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’