Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रोजगारदाताको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएकी सरस्वतीको मुद्दाको सुनुवाइ पुनः सुरु

२०८१, ६ माघ आईतवार १७:५८

काठमाडौँ | साउदी अरबका तीनै तहको अदालतबाट मृत्युदण्ड सजाय पाएकी रूपन्देहीकी सरस्वती गुरुङ घिमिरेको मुद्दाको न्यायिक प्रक्रिया पुनः सुरु भएको छ।

घरेलु श्रमिकको रूपमा साउदीको राजधानी रियाद गएकी घिमिरेलाई आफ्नै रोजगारदाता अब्दुल रहमान अब्दुल अजिज अलाज लानको हत्या अभियोगमा दोषी ठहर गरिएको थियो।

२०७० भदौ २३ मा अब्दुलको आफ्नै घरमा हत्या भएको थियो। तर, घिमिरेले आफू निर्दोष रहेको र फसाइएको दाबी गर्दै आएकी छन्। उनका अनुसार हत्या भएको दिन मास्क लगाएर एक साउदी नागरिक घरभित्र आएका थिए। उनले घिमिरेलाई शौचालयमा थुनिदिए। दुई घण्टापछि शौचालय खोलेर घिमिरेको हातमा धारिलो चक्कुले प्रहार गरिदिए। त्यो चक्कु घिमिरेको हातमा नै राखिदिएर फेरि शौचालयमा थुनिदिएका थिए।

नेपाली दूतावाससमक्ष भनेकी छन्, ‘मलाई फसाइयो। म निर्दोष छु।’ मालिक र मालिक्नीबीच खटपट र अंश विवादको सिकार आफू भएको घिमिरेले बताउँदै आएकी छन्।

घिमिरेलाई साउदीको तल्लो, उच्च र सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। तर, रियादस्थित नेपाली दूतावासले पहल गर्दै मुद्दाको पुनः सुनुवाइ गराउन साउदीको सर्वोच्च अदालतमा अपिल गरेपछि पुनरावेदन अदालतमा शून्यबाट सुनुवाइ सुरु भएको हो।

‘सर्वोच्च अदालतले मुद्दा पुनरावेदनमा पठाई पुनः न्यायिक सुनुवाइको आदेश दिएको छ,’ दूतावासका उपप्रमुख डमरुबल्लभ पौडेलले बताए।

तल्लो तहको अदालतले २०७१ मंसिर २४ मा सरस्वतीलाई मृत्युदण्डको सजाय सुनाएको थियो। तीन वर्षसम्म दूतावासले यो सूचना पाएको थिएन। उता, सरस्वतीका परिवारले भने उनलाई गुमाइसकेको ठानेका थिए। २०६९ वैशाखमा सरस्वतीको नाममा आएको शव बुटवलमा रहेका उनका छोरा सुनिल र छोरी सावित्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुझेका थिए। शव चिन्न नसकिने अवस्थामा थियो। घिमिरेको छोराका अनुसार आमाको नामको राहदानी र फोटोसहितको शव आएको थियो। शव पूरै चिन्न नसकिने अवस्था थियो। उनीहरुले त्यो शव आमाकै ठानेर दाहसंस्कार समेत गरेका थिए ।

तर, ६ वर्षपछि साउदी अरबमा रहेका सुनिलले आमालाई मलाज जेलमा भेटे। दूतावासले तपाईंको आमासँग मिल्दो नाम गरेको महिला जेलमा छिन् । तपाईंको आमा हो कि होइन ? भेट्न जानुपर्‍यो भनेर जानकारी पाएँ,’ उनले भने, ‘आमा त जेलमै हुनुहुँदोरहेछ ।’ उनको आमाको नाममा कसको शव आयो भन्ने पत्ता अहिलेसम्म लागेको छैन ।

तल्लो र उच्च अदालतबाट सुनाइएको मृत्युदण्डको फैसलालाई सर्वोच्चले पनि सदर गरेको थियो। ‘दूतावासबाट खटिएका कर्मचारी र सरस्वतीका तर्फबाट खटिएका वकिलले सर्वोच्चको फैसलाबाट न्याय नमिलेको भन्दै अदालतमा अपिल गर । त्यो आग्रहलाई सर्वोच्चले स्वीकार गरी फैसलालाई समीक्षा गर्न भन्दै पुनरावेदन अदालतमा पठाइदियो,’ दूतावासका उपप्रमुख पौडेलले भने, ‘गत वैशाखमा पुनरावेदनले मुद्दाको सुनुवाइ गर्न पाँच सदस्यीय न्यायाधीशको इजलास गठन गर्‍यो।’

‘जसको हत्या भनिएको छ। त्यो व्यक्ति सरस्वतीभन्दा निकै अग्लो, मोटो र बलियो रहेछ। होचो कद भएकी सरस्वतीले अग्लो कद र बलियो व्यक्तिको छातीमा चक्कु हानेर हत्या गरेको विषय पत्यारिलो छैन,’ सुवेदीले पुनरावेदनसमक्ष भनेका थिए, ‘सरस्वतीलाई फसाइने काम भएको छ। उनी निर्दोष छिन्। सुरुको अदालतमा गराइएको बयान गर्ने बेलाको भाषा अनुवादक नेपाली भाषाका जानकार होइनन्। जसले गर्दा बयान त्रुटिपूर्ण रहन गयो।’

पुनरावेदनको त्यो इजलासको राय विभाजित भयो। दुई जना मृत्युदण्डको पक्षमा उभिए। दुई जना विपक्षमा उभिए। सुनुवाइको दिन अनुपस्थित न्यायाधीश फैसला लेख्ने बेला मृत्युदण्डको पक्षमा उभिए। सर्वोच्चको आदेशमा सुनुवाइ भएको पुनरावेदनको ‘रिभ्यु’बाट सरस्वती दोषी ठहर भइन्। यो फैसलाविरुद्ध फेरि सरस्वती, उनका वकिल र दूतावास देखिए। उनीहरूले पुनः अन्याय भएको भन्दै सर्वोच्चमा निवेदन दिए।

सर्वोच्चले यसलाई शून्यबाट न्यायिक प्रक्रिया सुरु गर्ने भन्दै तल्लो अदालतलाई आदेश दिएको हो। सरस्वतीको पक्षमा साउदीको प्रभावशाली वकिलको फर्म खटिएको छ। मलाज जेलमा सजाय पाएका महिलाहरूले पनि सरस्वतीलाई सहयोग गर्न चन्दा संकलन समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ