'म सर्बप्रथम आफ्नै देशमा हुँदा फलानोको छोरी हुँ, फलानोको श्रीमती अनी बुहारी हुँदै नाता थपिदै जाने एक पात्र थिएँ अनि बन्दथ"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... 'म सर्बप्रथम आफ्नै देशमा हुँदा फलानोको छोरी हुँ, फलानोको श्रीमती अनी बुहारी हुँदै नाता थपिदै जाने एक पात्र थिएँ अनि बन्दथ"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया सरकारलाई बार्षिक २५ लाख कर, दुई दर्जन नेपालीकि रोजगारदाता

२०७४, १२ कार्तिक आईतवार ०५:१७

अर्जुन बराल | दक्षिण कोरिया |

'म सर्बप्रथम आफ्नै देशमा हुँदा फलानोको छोरी हुँ, फलानोको श्रीमती अनी बुहारी हुँदै नाता थपिदै जाने एक पात्र थिएँ अनि बन्दथे । मलार्ई यो फलानोको यो हो त्यो हो मा मात्र सिमित हुँन मन थिएन । बिश्वका ती प्रख्यात महिलाहरु रुबी एम. गोर्डिन, एलिन डिभो, सेलिअ विलिमसन, टिजिअना डिअरिङ्ग आदीले आफ्नो समुदाय, क्षेत्र अनि राष्ट्रप्रति गरेका सम्मानीत कार्यबाट उनीहरुको उचाईको चर्चासँगै म उनीहरु बन्न नसके पनि बन्ने कोसिस गर्नुपर्छ भन्ने सपना पालिरहेकी हुन्छु तर सफलताको त्यो सपनालाई प्राप्त गरेकी छैन सायद सफलता उचार्ईमा नै हुन्छ होला त्यसलाई चुम्न म हरेश कहिल्यै खान्न र खान पनि नपरोस् ।'

आज भन्दा ३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी बिन्दु मल्ल तनहुँमा कहलीएका दुर्गा बहादुर मल्ल ठकुरी खानदानभित्रकी एक्ली सन्तान थिईन । उनको परिवारभित्र उनी छोरी भएर जन्मिएपनि छोरा सरह सम्मान पाईन् । कुनै कुरामा परिबन्ध र घेरा तोकिएन । अनि यो ठिक, त्यो बेठिक भन्ने बर्गीकरण पनि गरिएन । जे राम्रो लाग्छ त्यो गर्न उनलार्ई स्वतन्त्रता थियो, जसले गर्दा बिन्दु मल्लमा मात्र सिमित उनि बाबामामुले आशा र भरोसा गदै देशको लागि पनि केहि गरेस भन्ने आशिष सहित आस्था बिन्दु मल्लबाट परिचित हुँन पुगिन् ।

जेभिएर एकेडेमीबाट बिज्ञानमा स्नातक एंवम् त्रिभुबन बिश्वबिद्यालयबाट बाताबरण बिज्ञानमा स्नाकोत्तर गरेपछि जे-जे भोग्नुपर्छ तयार छु भन्दै एकाएक उनले आफ्नो दिमागलार्ई एकै चौटी ३६० डिग्रीमा घुमाएर कुनै बेला नेपालले केहि खाद्य सहयोग गरेको देश दक्षिण कोरिया पुगिन् । कोरियाको सउलको कफी टेम्पल क्याफेको अफोगेटो कफीको स्वादमा उनले जिबनका टर्निङ्ग प्वईन्टलाई ब्याख्या गरिरहँदा बिख्यात साहित्यकारले लेखेर तहल्कै  मच्चाएको नोभेल्समा रहेका पात्रको कहानी भन्दा कम थिएन त्यो कथा जुन जो कोहीको लागी प्रेरणा हुँन सक्दथ्यो ।

उनले बिगत खोलिन् – 'अ मैले भन्नै भुले एउटा नेपाली उखान छ नी म “ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” त्यस्तै गरेर आफ्नै कुल-कुटुम्ब भित्रको जीबनसाथी रोज्नुपर्छ भन्ने बिचारलार्ई लात मारिदिए र अन्तरजातिय प्रेममा परें । अनी सोचें परिबर्र्र्तन मैले गर्ने हो यसलाई यथार्थमा बदल्नै पर्छ भन्दै त्यो प्रेमलार्ई बिबाहमा सन् २००४ मा परिणत गरें । सायद मेरो यो निर्णयबाट बाबामामुको मन सार्है दुखेको थियो । यसमा बिस्तारै परिबर्तन भयो ।'

उनि थप्छिन् – 'किताबी ज्ञान जती नै होस त्यो अपुग नै हुँदो रहेछ जब दक्षिण कोरियाको ईन्छन अन्तराष्ट्रिय बिमानस्थलमा झरेपछि आफुले आफैलाई प्रश्न गरें अवसरको प्रचुर सम्भाबना भएको देशमा केहि नदेखेर ठुलो जेटको शयर गर्न मरिहत्ते गरेपछि अब आफुलाई जिरोबाट काउन्ट गर्नै पर्छ । न त स्नातक न त स्नाकोत्तर । कोरियाको ईह्वा वुमन्स युनिभर्र्सिटीबाट जब र्ईन्जिनियररिङ्ग कोर्ष सफलताका साथ सम्पन्न गरेपछि बल्ल सम्झिएँ संघर्ष बिनाको जीबन के जीबन ?

एउटा हाते ब्याग अनि लगेजमा आफ्ना केहि लत्ताकपडा र मामुले बनाईदिएको कोशेली बाहेक सबै मैले केहि गर्नुपर्छ भन्ने वजनदार भारी थियो त्यो लगेजमा, मामुले बनाएको कोशेली सक्कीसक्दा तिनै केहि गर्नुपर्छ भन्ने वजनदार भारी बढीरहेका थिए । सन् २००९ मा एउटा सानो ज्योती रेष्टुरेन्ट खोलेर अगाडी बढें तबसम्म म आमा बनीसकेकी थिएँ ।

दक्षिण कोरियाको प्रतिष्ठीत  योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिबर्तन बिषयमा बिद्याबारिधीको अन्तिम चरणमा रहेकी आस्था बिन्दु लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको बाताबरण मन्त्रालय अन्तर्गत पर्ने र संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भुमिकामा कार्यरत रहँनु पक्कै सानो कुरो थियन । 

उनि थप्छिन् – 'पाईलट प्रोजेक्टको रुपमा कोरिया बाताबरण कर्र्पोरेशन संस्थाका माध्यमबाट नेपाललार्ई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौतामा नेपालका जनसंङख्या तथा बाताबरण मन्त्रालयका सचिब बिश्वनाथ ओली र संस्थाका प्रमुख बिच हस्ताक्षर गराउँन म सफल भएँ यो सुरुवात हो । भोलीका दिनमा देश प्रतिको मेरो जिम्मेबार अझ बढी हुनेछ ।

हाल दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी उनले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपयाँ कर भुक्तान गर्छिन् भने दुई दर्जनका हाराहारीमा नेपाली युवायुवतीलाई रोजगारी दिएकी छिन् ।

अन्त्यमा उनले थप्छिन् -  'म जती सम्पन्न किन नहुँ म नेपाली भनेर चिनिनुलाई गर्बिलो ठानेर छाती फुलाउँनुलाई खुसी मान्दीन । पासपोर्ट बोकेर जेटमा संसारका जुनसुकै कुनाको शयर गर्दैमा आत्मसन्तुष्टी मलाई हुँदैन भोलीका दिन देशप्रति मैले मेरो जिम्मेबार कुशलतका पूर्वक निर्वाह गर्न सकें भने मात्र म पक्का नेपाली नत्र के नेपाली ?' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो