जेष्ठ १८, सल्यान | सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी ४० वर्षीय निमराज रोकाको मृत्यु भएको हो ।
बुधबारको दिन भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न वाहिर गएको समयमा लडेर मृत्यु भएको जनाएको छ । ५ महिना अघि उनि कामको लागि भारत पुगेको वावु गमदल रोकाले वताए ।
मृर्तक निमराजका १ छोरी र २ छोरा रहेको जनाएको छ ।