माघ ६, काठमाडौँ | न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइर्भट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।

यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका छन् । आरएनपी–एआर एप्रोच प्रणाली किन गर्न सकेन कारण खुलाएका छैनन् ।

‘आरएनपी–एआर अप्रोच गर्न सक्दैनौं भनेर पाइलटले जहाज कोलकत्ता डाइभर्ट गरे,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने ।

काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट (चार जना) पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइर्भट
Leave a Comment